बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा कांग्रेस र जनमोर्चा बिच तालमेल हुने भएको छ ।
केन्द्रीय सहमति अनुसार बेलडाँडीमा कांग्रेस र जनमोर्चा बिच चुनावी गठबन्धन अनुसार बेलडाँडीमा जनमोर्चाले उपाध्यक्ष पाउने भएको छ । जनमोर्चाका अनुसार कांग्रेस संगको तालमेल अनुसार बेलडाँडीमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जनमोर्चालाई टिकट दिने भईएको जनमोर्चाका जिल्ला सचिव अभिमान थापाले जानकारी गराउनु भयो । उहाँका अनुसार केही छिनमा उपाध्यक्षको नाम सार्वजनिक गर्ने भएको छ ।
