Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा माओवादी–समाजवादी विच मात्रै गठबन्धन पालिका र वडा बाँडफाँड गरिए

कञ्चनपुरमा माओवादी–समाजवादी विच मात्रै गठबन्धन पालिका र वडा बाँडफाँड गरिए

कञ्चनपुर,
कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पाटी विच मात्रै गठबन्धन भएको छ । गठबन्धनमा रहेको काँग्रेस भित्रका विभिन्न गुटका कारण पाँच दलिय गठबन्धन हुन नसकेपछि माओवादी र समाजवादी विच गठबन्धन गर्ने सहमती भएको हो । ९ पालिका रहेको कञ्चनपुरमा माओवादी केन्द्रले ५ र समाजवादीले ४ पालिका प्रमुख पाएका छन ।
६ उप प्रमुख माओवादी र ३ उप प्रमुख समाजवादीले पाएको छ । भने ९२ वडा मध्ये ५३ माओवादी केन्द्र र ३९समाजवादीले पाएको छ । सहमती पछि समाजवादी र माअ‍ोवादीका नेताहरुले संयुक्त वक्तव्य प्रकासित गरेर गठबन्धनको भागबण्डा गरेका छन । बेलडाँडी र लालझाडी गाँउपालिकामा प्रमुख उप प्रमुख दुवै माअ‍ोवादी केन्द्रले पाएको छ । बेलौरीमा प्रमुख माओवादी र उप प्रमुख समाजवादी, पुनर्वासमा प्रमुख समाजवादी, उप प्रमुख माओवादी, कृष्णपुरमा प्रमुख माओवादी, उप प्रमुख समाजवादी, शुक्लाफाँटामा प्रमुख माओवादी उप प्रमुख समाजवादी, बेदकोटमा प्रमुख समाजवादी उप प्रमुख माओवादी, भीमदत्त नगरमा प्रमुख समाजवादी, उप प्रमुख माओवादी र दोधाराचाँदनीमा समाजवादी प्रमुख, माओवादीले उप प्रमुख पाएकोछ । पालिका प्रमुख र उप प्रमुख आ–आफ्नो चुनाव चिन्हबाट लड्ने र वडाध्यक्ष पाउने दलकै चिन्हबाट वडामा चुनाव लड्ने सहमती भएको छ ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, समाजवादीका इन्चार्ज लाल बहादुर खडका, माओवादीका जिल्ला संयोजक खेमराज पाण्डे र समाजवजादीका जिल्ला अध्यक्ष जीवनराज थापाले संयुक्त रुपमा हस्ताक्षर गरेको बक्तव्यमा स्थानीय आवश्यकता, लोकप्रियता समावेसी समानुपातिक प्रतिनिधित्वको मर्मलाई ध्यानमा राखेर दुवैदलविच सहमती भएकाले गठबन्धका उम्मेदवार आब्हान गरिएको छ । 

ताजा समाचार