Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीआफुलाई दिएको जिम्मेवारी विना शर्त पुरा गर्छु ः एमाले बेलडाँडी अध्यक्षका उम्मेदवार...

आफुलाई दिएको जिम्मेवारी विना शर्त पुरा गर्छु ः एमाले बेलडाँडी अध्यक्षका उम्मेदवार बिष्ट

बेलडाँडी,

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमाले बेलडाँडीबाट अध्यक्ष पद उम्मेदवारीको जिम्मेवारी पाएका युवा नेता अक्कल बहादुर बिष्टले पार्टीले आवश्यकता देखेर आफुलाई दिएको जिम्मेवारी विना शर्त पुरागर्ने बताए ।

अहिले गठबन्धनले दिन खोजेको चुनौती, एमालेको विरासत टुट्न बाट बिष्टको नेतृत्वमा जोगाउन सकिन्छ भन्ने विश्वासका साथ दिएको जिम्मेवारीलाई विना शर्त पुरा गर्ने वहाँले बताउनु भयो ।
परमआदेशको गठवन्धन सरकारले जनतालाई झुक्याउन लागेको भन्दै अव आफ्नो नेतृत्वमा स्थानीय सरकार बनाए बेलडाँडीका सबै समस्या हल हुने जनाए । यो भन्दा पहिला पनि कांग्रेसले जितेको भए अहिले हामी बेलौरीको १,२ वडामा सितिह हुनुपर्ने थियो । हामीले जितेकाले बेलडाँडीलाइृ छुट्टै राख्न सफल भएको बताए ।

आफुले नेतृत्व गरेपछि केहि दिन भित्रै बेलडाँडी समृद्धका लागि आफुले छुट्टै घोषण पत्र बनाई जनतामाझ जाने बताउनु भयो । गठवन्धनले मतदाताहरुलाई अलमल पार्ने हुदा सिधै सुर्य चिन्हमा मतदान गरे फाइदा हुने बताए ।
आज दिउसो टिकेट दिइएको बताउदै भोली आफ्नो नेतृत्वमा पुरै बेलडाँडी पार्टीका साथीहरुको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय बेलडाँडी गाउँपालिका बाजागाजाका साथ जाने बताउनु भयो ।

ताजा समाचार