Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीएमाले संसद नेता चढेको गाडीको ठक्करबाट दुई युवक घाईते

एमाले संसद नेता चढेको गाडीको ठक्करबाट दुई युवक घाईते

कञ्चनपुर,
कञ्चनपुरको झलारीमा नेकपा एमालेका नेता संसद चढेको गाडीले ठक्कर दिदा दुई युवक घाईते भएका छन । आइतबार दिउँसोतिर एमालेका संसद निरुदेवी पाल, नर बहादुर धामी, दिपक प्रकास भट्ट सहितका एमाले नेता एव संसद चढेको गाडीले ठक्कर दिदा कञ्चनपुरका दुई युवक घाईते भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज ज्ञानेन्द्र बहादुर सिहले एमाले नेता संसद चढेको बा एबी १३७६ नम्बरको स्कारपियोको ठक्करबाट म२प ९९६१ नम्बरको मोटरसाईकलमा सवार बेदकोट नगरपालिका ९ सुन्दरपुरका राज कुमार राना र करन राना घाईते भएको बताए । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको उनले बताए । स्थानीयले एमाले संसदको गाडीबाट नागरिक ठक्करबाट घाईते हुँदा समेत चालक फारर हुनुले कतै कुनै संसद वा नेताले गाडी चलाएको भन्दै सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही र घाईतेको उपचार गर्नुपर्नेमा जोडदिएका छन । स्थानीय पदम सिहले जब संसद, नेता चढेको गाडीबाट चालक फरार हुनु शंस्कापद भएको भन्दै यो घटनामा प्रहरीले ठुलालाई ऐन सानालाई चैन गरेको बताएका छन ।   

ताजा समाचार