Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीयि हुन एमाले कञ्चनपुरका प्रमुख र उप प्रमुखका उम्मेदवार

यि हुन एमाले कञ्चनपुरका प्रमुख र उप प्रमुखका उम्मेदवार

कञ्चनपुर,
आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरका उम्मेदवार टुङग्याएको छ । जिल्लाका ९वटै पालिकामा प्रमुख, उप प्रमुखका उम्मेदबार टुङग्याएको हो । एमालेले दुई पालिकामा महिला प्रमुख अघि सारेको छ । बेदकोटमा शुशिला सिह र बेलौरीका कमला बोहरालाई प्रमुखमा अघि सारेको हो । एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठकले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागेको बताए । पाठकका अनुसार
सबैभन्दा पूरानो भीमदत्त नगरपालिकाको मेयरमा महेश प्रसाद पन्त र उपमेयरमा भुवन केसी कुुँवरलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्र प्रसाद पन्त, रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुुशिला खत्री तथा बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार अघि सारिएको छ ।
यस्तै बेल्डाँडाडी गाउँपालिकाको प्रमुखमा अक्कल बहादुर विष्ट, उप प्रमुखमा फूलकुुमारी राना र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी अघि सारेको छ ।एमालेले उप प्रमुख र प्रमुखका उम्मेदवार अघि सारेसंगै उम्मेदवारी दर्ताका लागि प्रकृया अघि बढाएको छ ।

ताजा समाचार