Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीछलिया पञ्चेबाजागाजा सहित ईन्जिनियर सिहले भीमदत्त नगरको मेयरमा उमेदवारी दिए

छलिया पञ्चेबाजागाजा सहित ईन्जिनियर सिहले भीमदत्त नगरको मेयरमा उमेदवारी दिए

कृष्ण नेपाली/कञ्चनपुर,
आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय निर्धारण गरेको छ । पहिलो दिन ठुला राजनीतिक दल (काँग्रेस, एमाले, माओवादी, समाजवादी)ले कञ्चनपुरमा उम्मेदवारी दर्ता गराएका छैनन ।
ठुला दलको उम्मेदवारहरु नै नटुङगिएकाले उम्मेदवारी दोस्रो दिन (सोमबार) नै दर्ता हुने देखिएको छ । पहिलो दिन साना दल एव स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराईरहेका छन ।
भीमदत्त नगरको मेयरका लागि ईन्जिनियर कोमल बहादुर सिहले छलियानाच, पञ्चेबाजागाजा सहित उम्मेदवारी दर्ता गराएका छन । सिहले आफ्नो चुनाव प्रचारप्रसार सचिवालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर बजारदेखि निर्वाचन अधिकृतको कार्यालसम्म छलियानाच, पञ्चेबाजागाजा ¥याली निकालेर उम्मेदवारी दर्ता गराएका हुन । स्वतन्त्र उम्मेदवार सिहले भ्रष्टाचार निर्मुल पार्ने एजेण्डा अघि सारेका छन ।
स्वतन्त्रमा सिहसंगै कञ्चनपुरका ९ वटै पालिकामा उम्मेदबारी दर्ता काम शुरु भईरहेको छ । ‘पहिलो दिन भिडभाँड कम छ, ठुला दलका नेता कार्यक्र्ता आएका छैनन, ‘एक निर्वाचन अधिकृतले भने, ‘दोस्रो दिन भिड बढि हुने देखिएको छ ।’ कञ्चनपुरमा ९ पालिका सहित ९२ वडाका लागि ४ सय ७८ जनप्रतिनिधीका चुनिनेछन ।

ताजा समाचार