Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमालेद्धारा चुनाव लक्षित विभिन्न समिति गठन

बेलडाँडी एमालेद्धारा चुनाव लक्षित विभिन्न समिति गठन

बेलडाँडी,
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बेलडाँडी नेकपा एमालेद्धारा विभिन्न समिति गठन गरिएको छ ।
नेकपा एमाले बेलडाँडीका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य गणेश उपाध्यायको अगुवाइमा बसेका बैठकले विभिन्न समति गठन गरेको छ । निर्वाचन कार्यालय सम्मन्वय समिति, उम्मेदवारी मनोनयन तयारी समिति, युवा परिचालन समिति, महिला परिचालन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति लगायत विभिन्न समिति बनाएर सबै नेता कार्यकर्तालाई चुनाव आफ्नो पक्षमा पार्नका लागि निर्देशन दिइएको उपाध्यायले जनाए ।

उहाँका अनुसार बेलडाँडी एमालेले गठवन्धन भत्काउने अभ्यास लगभग सफल होला जस्तो देखिएको बताउदै परामादेश गठवन्धनले जनताको पक्षमा कुनै काम गर्न नसकेको देखिएको बताए । देशमा आर्थिक संकल देखि लिएर दिनप्रतिदिन महेंगी यो परामादेश सरकारले गरेको आरोप लगाउदै अवको चुनावमा जनताको पार्टी एमालेलाई भोट गर्न अपिल समेत गरेका थिए ।

ताजा समाचार