Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका वडा सदस्य पण्डितद्वारा पदबाट राजिनामा काँग्रेस पाटी परित्याग घोषणा

बेलडाँडीका वडा सदस्य पण्डितद्वारा पदबाट राजिनामा काँग्रेस पाटी परित्याग घोषणा

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिका एक वडा सदस्यले पदबाट राजिनामा दिएका छन । बेलडाँडी गाँउपालिका ३का वडा सदस्य पुष्पकमल पण्डिते वडा सदस्यबाट राजिनामा दिएका हुन ।
फेरी चुनाव लड्ने योजनाका साथ पण्डितले पदमबाट राजिनामा दिएको बताए । बेलडाँडीका गाँउपालिका मध्ये पण्डित राजिनामा दिने पहिलो जनप्रतिनिधी हुन । उनले पदसगै पाटी परित्याग घोषणा गरेका छन । यस अघि काँग्रेसबाट ३ नम्बर वडा सदस्यमा निर्वाचित पण्डितले समाजिक सञ्जालबाट काँग्रेस पाटीबाट अलग हुने घोषणा गरेका हुन । झण्डै दुई दशकदेखि राजनीतिमा होमिएका काँग्रेस तथा बेलडाँडीका होनहार युवा पण्डितले पाटीबाट राजिनामा दिएसंगै सर्वत्र चिन्ता व्यक्त गरिएको छ । स्कुले जिवनबाट पण्डित नेवि संघमा होमिएर राजनीति यात्रामा थिए ।

ताजा समाचार