Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीमामाको घर जान्छु भनि बस चढेकी एक किशोरी पाचँ दिन देखि बेपत्ता,...

मामाको घर जान्छु भनि बस चढेकी एक किशोरी पाचँ दिन देखि बेपत्ता, परिवारजन चिन्तामा

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.३ बैवाह की एक किशोरी मामाको घर जान्छु भनि बैवाह देखि कलकत्ता पचुईको लागि बस चढेकी किशोरी पाचँ दिन देखि बेपत्ता भएकी छिन् ।

यही ५ गते सोमवार बिहान बैवाह देखि धनगढी जाने बसमा बेलौरी नगरपालिका ८ पचुइ मामा घर भएकी बर्ष १९ की मेलिना चौधरी नाम गरेकी किशोर आज ५ दिन बित्दा समेत सम्पर्कमा नआए पछि परिवारजनमा चिन्ता बढेको छ ।

छोरीलाई खोजी गरिदिन आफ्त लगायत छिकेकी र प्रहरीलाई गुहार मागिरहेका बुवा कोकीलाल चौधरीले बताउनु भयो । उहाँका अनुसार मामाको घर जान्छु भनि हिडेकी छोरी मामा घर नपुगेर कहाँ गइ भनि चिन्ता गर्दै सबैपक्षलाई छोरी खोजिदिन गुहार मागेका छन् ।

उनका पडोसी दिल बहादुर चौधरीका अनुसार ती किशोरीलाई सप्तरीका एक जना युवाले फोन गर्दथे भनेर मेलिनाकी साथीले आफुहरुलाई जानकारी गराएको बताए । ती केटा प्रति परिवारजनको संका भएको बताउदै ती केटालाई केरकार गर्नुपर्ने जनाए । हिजो बेलडाँडी प्रहरीमा हुलिया दिएर खोजी कार्य गरिदिन अनुरोध गरेको बताए । हामी

बेलडाँडी प्रहरीले ती किशोरीको खोजी कार्यमा तुरुन्त ध्यान दिई कारवाही प्रकृयामा अघि बढेको बताए । बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक पातलीका अनुसार हामीहरुले कलडिटेल माध्यम लगायतका विभिन्न अनुसन्धानका सुत्र प्रयोगकार्य अघि बढाएको बताए ।

यो फोटोमा भएकी मेलिनालाई देख्ने जुनसुकै महानुभावले यी नं.मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरे । सम्पर्क नं.९८००६०३९४०, ९८४५३१७५९८ वा नजिकको प्रहरी कार्र्यालयमा सम्पर्क गरि सहयोग गरिदन अनुरोध गरिएको छ ।

ताजा समाचार