Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी कांग्रेस नेतृ शाही दाना व्यवसायमा

बेलडाँडी कांग्रेस नेतृ शाही दाना व्यवसायमा

कञ्चनपुर,
अहिले नेता कार्यकर्ता जताजतै महिला वा पुरुष राजनीतिकर्मी चुनावका लागि दौडधुपमा जुटेका छन ।
झण्डै दुई दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा होमिएकी बेलडाँडी काँग्रेस महिला नेतृ भागरथी शाही भने चुनाव भन्दा आफ्नो व्यवसाय तर्फ ध्यान केन्द्रीत गरेकी छिन ।
काँग्रेस नगर तथा क्षेत्रीय सदस्य समेतको जिम्मेबारीमा रहेकी शाही अहिले पाटीको कियाशिल सदस्य छिन । उनले राजनीतिसंगै व्यवसाय समेत शुरु गरेकी छिन । ‘राजनीतिसंगै व्यवसाय पनि शुरु गरेकी छु, ‘उनले भनिन, ‘राजनीतिक विशुद्ध समाजसेवा हो, कमाउने थलो होईन, कमाउनुको पछि परे राजनीतिक बिग्रीने जनता दुखि हुन्छन, नेता सुखी हुन्छन ।’
शाहीले बेलडाँडी गाँउपालिका २ चवन्नी बजारमा महेश्वरी टेड्रस एण्ड फिडस सप्लार्यस दाना व्यवसाय शुरु गरेकी छिन । शाहीले उक्त व्यवसाय शुरु गरेसंगै बेलडाँडीका कुखुरा पालन किसानलाई सहज भएको छ । अडाई दशकदेखि महिला स्वास्थ्य स्वयमसेविका समेत रहेकी शाहीले व्यवसायसंगै थुप्रै अनुभव लिएर राजनीतिक नेतृत्वमा आउने सोच बनाएकी छिन ।

ताजा समाचार