Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.२ नेपाली कांग्रेसबाट वडा सदस्यका लागि युवा अपाङ्ग महर बिष्टको...

बेलडाँडी वडा नं.२ नेपाली कांग्रेसबाट वडा सदस्यका लागि युवा अपाङ्ग महर बिष्टको प्रवल दावी

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.२ नेपाली कांग्रेसबाट वडा सदस्यका लागि बेलडाँडीका युवा अपाङ्ग नेता गणेश महर बिष्टले प्रवल दावी गरेका छन् ।
बालकालै देखि कांग्रेस भने हुरुक्कै हुने कांग्रेका भने ज्यानै दिने गरी सांगठनिक कार्यमा जिम्मेवार भई काम गर्दै आएका युवा नेता महर बिष्टले समेत वडा सदस्य आफु जस्तो पार्टीको सिपाहीले पाउनु पर्ने दावी गरे । आजका मिति सम्म आफुले पार्टीलाई कुनै अवसर नमागेको बताउदै यस पालि पार्टीलाई गरेको योगदान र जनप्रतिनिधीमा युवाको आवश्यकता रहेकोले आफुले समेत सदस्य पदमा चासो दिएको बताए ।

स्थानिय निकाय देखि प्रतिनिधी सभा चुनावमा समेत आफुले पार्टीका नेताहरुलाई जिताउनु पर्छ भन्ने मनसायका साथ पोष्टर पम्पलेटर बाड्ने चिप्काउने, पार्टीको नाराजुलुसमा सकृय सभागिता भइ काम गरेको तर आफुले अहिले सम्म हैसियत नमागेको जनाए । अव पार्टीले पनि आफ्नो उचित मुल्याङ्कन गर्नेमा आफु विश्वस्त रहेको बिष्टले जनाए ।

पार्टीको लागि किलापुर्जा भएर काम गरेको नगरेको पार्टीले बुझेको र साही अनुसार अफुले समेत वडा सदस्यमा दावी गरेको जनाए । उहाँका अनुसार पार्टीले सर्वसम्मत मलाई सदस्य पदको टिकट दिनु पर्छ, अहिलेका वडा, गाउँकमिटी र निर्वतमान गाउँ सभापति भन्दा आफु पार्टीमा सिनियर भएको तर क्रियाशिल नलिएको बताए । मेरो घरका म जन्मनु भन्दा पहिला देखि कांग्रेस भएको बताउदै कांग्रेस प्रति स्थापना काल देखि अहिले सम्म पार्टीलाई भोट दिएको उनको दावी छ । यहाँ अन्य पाटी बाट आउने ठुला कुरा गर्नेहरु अहिले पार्टीको जिम्मेवार पदमा पुगेका छन् आफुले तिनको विरोध गर्न नखोजको तर आफुलाई चिनाउन सो कुरा आएको बताए ।

आफुहरुको परिवार संकटकालमा समेत कांग्रेस भएको र माओवादीहरुले पार्टी छोड्नुस भन्दा समेत आफुहरुले पार्टी जोगाएको दावी गरे । महर बिष्टका बुवा धर्म महर बिष्टले भने मेरो छोरा कांग्रेस भने पछि खान पस्केको भात छोडेर जाने नेताहरुले पार्टीका निम्ति जे गर भन्यो त्यो खुरु खुरु मान्ने र आफुहरुले समेत पार्टीलाई जोगाउन जलमल गरेको र अहिले मेरो छोरा अपाङ्ग समेत छ उसको सम्मानको लागि समेत टिकट दिनुपर्नेमा जोड दिए ।

महर बिष्ट सानै देखि क्रान्तिकारी स्वभावका थिए । का्रग्रेसको विषयमा जस्ले उल्टो बोल्थ्यो त्यस्तालाई ठाउँको ठाउँ ठिक पारेको समेत जनाए । पार्टीका लाग्दा धेरै आफु संग अहिले समेत नबोल्ने गरेको दुःखेसो सुनाउदै उचित मुल्याङ्कन गरी टिकट पाउनु पर्नेमा दावी गरे ।

ताजा समाचार