Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस परित्याग गरेका जिल्ला सह सचिव चौधरी भन्छन, ‘काँग्रेसमा मैले मानविय व्यवहार...

काँग्रेस परित्याग गरेका जिल्ला सह सचिव चौधरी भन्छन, ‘काँग्रेसमा मैले मानविय व्यवहार पाएन’

कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरका सह सचिव पुष्कर चौधरी माओवादी केन्द्रमा प्रवेस गरेका छन । काँग्रेस जिल्लाद सह–सचिवमा निर्वाचित भएको बर्षदिन नपुग्दै चौधरीले पाटी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।
बिहीबार माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित क्रान्तिकारी पाटी एकिकरण तथा पाटी प्रवेस कार्यक्रममा काँग्रेस कञ्चनपुरका सह सचिव चौधरी सहित कञ्चनपुरबाट पाँच सयले माओवादी प्रवेस गरेका छन । कञ्चनपुरका युवा नेता दिपक तिम्लिसेनाले काँग्रेस सह–सचिव चौधरी सहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेस गरेको बताए । केन्द्रमा प्रवेस गरेकाहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पाटीमा स्वागत गरेका थिए ।
गत मंसिरमा सम्पन्न भएको काँग्रेस कञ्चनपुरको १४ औँ महाधिवेशनमा रमेश लेखक प्यानलबाट ६७४ मत ल्याएर दोस्रो बरियतामा सह सचिवमा निर्वाचित भएका थिए । काँग्रेस कञ्चनपुरका सह सचिवमा निर्वाचित भएका पुष्कर चौधरीले पाटीभित्र केही तानाशाही प्रवृतिले आफु माओवादीमा प्रवेस गरेको बताए । ‘मैले काँग्रेस भित्र नेता कार्यकर्ता त होईन, मानविय व्यवहार पाईएन, ‘उनले भने, ‘पाटीको पद भविष्य भन्दा मैले स्वाभिमान खोजेको हुँ ।’ संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्ने चौधरीले बताए ।

ताजा समाचार