Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस कञ्चनपुरका निर्वाचित सह सचिव चौधरी सहित पाँच सय नेता कार्यकर्ता माओवादीमा...

काँग्रेस कञ्चनपुरका निर्वाचित सह सचिव चौधरी सहित पाँच सय नेता कार्यकर्ता माओवादीमा प्रवेस

कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरका सह सचिव पुष्कर चौधरी माओवादी केन्द्रमा प्रवेस गरेका छन । काँग्रेस जिल्लाद सह–सचिवमा निर्वाचित भएको बर्षदिन नपुग्दै चौधरीले पाटी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।
बिहीबार माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित क्रान्तिकारी पाटी एकिकरण तथा पाटी प्रवेस कार्यक्रममा काँग्रेस कञ्चनपुरका सह सचिव चौधरी सहित कञ्चनपुरबाट पाँच सयले माओवादी प्रवेस गरेका छन । कञ्चनपुरका युवा नेता दिपक तिम्लिसेनाले काँग्रेस सह–सचिव चौधरी सहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेस गरेको बताए । केन्द्रमा प्रवेस गरेकाहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पाटीमा स्वागत गरेका थिए ।
गत मंसिरमा सम्पन्न भएको काँग्रेस कञ्चनपुरको १४औँ महाधिवेशनमा रमेश लेखक प्यानलबाट ६७४ मत ल्याएर दोस्रो बरियतामा सह सचिवमा निर्वाचित भएका थिए । यस बारेमा माओवादी प्रवेस गरेका पुष्कर चौधरीसंग सम्पर्क गर्न खोज्दा सम्र्पक हुन सकेन । 

ताजा समाचार