Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.२ अध्यक्षका लागि एमालेबाट खाती, खत्री र उपाध्यायको प्रवल दावी

बेलडाँडी वडा नं.२ अध्यक्षका लागि एमालेबाट खाती, खत्री र उपाध्यायको प्रवल दावी

बेलडाँडी,
३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बेलडाँडी गाउँपालिका वडा नं.२ अध्यक्ष पद उम्मेदवारका लागि एमालेबाट तीन जनाले प्रवल दावी गरेका छन् ।
वडा नं.२ का अध्यक्ष प्रेमराज खाती, बेलडाँडी युवा व्यवासायी तथा समाजसेवी मदन खत्री र युवा समाजसेवी तथा युवा व्यवसायी बिष्णुराम उपाध्यायले अध्यक्षका लागि प्रवल दावी गर्दै आएका छन् ।

वडाबाट शुरुमा ७ जनाले उम्मेदवारका लागि दावी गरिरहेको बेला घटेर तीन जना रहेका छन् । तीनै जनाले आफुले टिकट पाए चुनाव जितेरै देखाउने दावी गर्दै आएका छन् । तीन जनाको नाम जिल्ला सिफारिस भएको छ । तीनै जनाले टिकटका लागि नेताहरुसंग लबिङ गर्दै आएको एमाले श्रोतले जनाएको छ ।

एमाले शुभचिन्तकका अनुसार बेलडाँडी एमालेलाई जिताउनका लागि भुगोल लगायत सबैको सहभागिता हुने गरी टिकट वितरण गर्न सके चुनाव जित्ने सम्भावना प्रवल भएको बताउछन् ।

ताजा समाचार