Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी उपाध्यक्षका लागि कांग्रेसबाट महिला नेत्री नाथको प्रवल दावी

बेलडाँडी उपाध्यक्षका लागि कांग्रेसबाट महिला नेत्री नाथको प्रवल दावी

बेलडाँडी,
यही ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेलडाँडीबाट उपाध्यक्ष पदका लागि महिला नेत्री शान्ती नाथको प्रवल दावी छ ।

काँग्रेस बेलडाँडीकी सकृय महिला नेतृ नाथ झण्डै दुई दशक बढिदेखि काँग्रेस राजनीतिमा होमिएकीले यस पटक गाउँपालिका उपाध्यक्षका लागि आँकाक्षा राखेकी हुन । नेवि संघ इकाई अध्यक्षबाट कांग्रेसी राजनीतिमा होमिएकी नाथ अहिले महिला संघ जिल्ला सदस्य छिन । नेपाल महिला संघ कञ्चनपुर जिल्ला सदस्य रहेकी उनी बेलडाँडीकी चर्चित समाजसेवीका रुपमा चिन्छिन ।

शान्तिको घरमा असाहयदेखि विभिन्न प्रकृतिका पीडित नागरिक रातदिन आएर आफ्ना समस्या समाधानका लागि अनुनय विनय गर्दै आएका हुन्छन् । नेवि संघबाट राजनीतिक यात्रा गरेकी शान्ती तरुण दल, काँग्रेस क्षेत्रीय समिति, महाधिवेशन उम्मेदवार हुँदै निरन्तर राजनीतिक यात्रामा होमिएकी छिन । दर्जनौँ महिला संघ संगठनमा आबद्ध शान्तीले काँग्रेसी राजनीतिक गरेपनि आफुले विभेद नगरेको दावि गर्दै आएकी छिन ।

जनता र कांग्रेसी नेता कार्यकर्ता र बेलडाँडी आम नागरिककामाँझ चर्चित रहेकी नवदुर्गा महिला कल्याण संघकी अध्यक्ष, महिला पारालिक सदस्य, लैङ्गिक हिन्सा न्यूनिकरण सञ्जालकी सदस्य, मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण समितिमा आबद्ध रही समाजिक कार्यमा सकृय रहदै आएकी छिन् । हिंसामा परेका महिलाको उद्दार, पीडितलाई न्यायका लागि असाहयलाई सहयोग गर्न अहोरात्री खटिदै आएकी छिन । गाउँपालिका भित्र हुने कु कार्यको खुलेरै विरोध गर्दै उनले अबैध बाटोबाट बेलडाँडी गाउँपालिकामा नियुक्त गरेको तीन जना कर्मचारीलाई खारेज गराउदै गाउँपालिकालाई समेत बेलाबेलामा घच्घच्याई राख्दै आएकी थिइन । गाउँपालिकाले अबैध तौरले पेलेर आफु निकटका मुनाफामुखी संघ संस्थाहरुलाई दिएको जमिनको चर्को बिरोध मात्र होइन खारेज गराउने प्रकृयामा समेत लागेकी छिन् । बेलडाँडीमा मुनाफा रहित संस्थाहरुलाई पाखा लगाई आफु निकटकाहरुलाई घरको जमिन होकी भने जसरी बितरण गरेको प्रति आन्दोलनका कार्यक्रम समेत गरेका उनले अहिले सो प्रकृया रोक्न लगाएका छन् ।

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक एव सर्पदङ उपचार, सीमा सुरक्षा विकास निर्माण एव सरकारी निकायबाट हुने गैर कानुनी गतिबिधी बिरुद्धमा संघर्ष गर्दै आएकी नाथले कोराना महामारीका बेलामा समेत आफ्नै निजी लगानीमा गाँउका विद्यालयमा स्वास्थ्य सुरक्षामा समाग्री वितरण गरेकी थिईन ।

उनले गाउँपालिका उपाध्यक्षमा आफ्नो दावि गाँउका महिलाको उद्दार, स्वास्थ्य सुधार एव विकास निर्माणका लागि भएको दावि गरेकी छिन ।
‘मेरो प्राथमिकमा गर्भवती, सुत्केरी महिला हुन्छन, उनीहरु ज्यान जोखिममा हुँदा, यातायात पुर्ण निःशुल्क हुन्छ, ‘उनले भनिन, ‘सुत्केरी गराउन अस्पताल लैजादा र घर जाँदा यातायात पुर्ण निःशुल्क गर्छु ।’
गाँउघरमै क्लिनिक स्थानपना, सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि निजी शिक्षक गाँउपालिका अन्तरगत ल्याउने, आरक्षपीडित भूमिहिन अति विपन्न परिवारका लागि राहत कार्यक्रम ल्याउने बताईन । काँग्रेस पाटीमा राम्रो प्रभाव भएकाले उनले आफ्नै पक्षमा पाटीले मुल्याङ्गगन गर्ने बताईन ।काँग्रेसले उपाध्यक्षका लागि शान्तीलाई अघि सारेसंगै गाँउका महिला हर्षित भएका छन ।

 

ताजा समाचार