Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कार्कीको अध्यक्षमा दावी

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कार्कीको अध्यक्षमा दावी

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला देवी कार्कीले एमालेबाट अध्यक्षको उम्मेदवारका लागि दावी गरेका छन् ।

२०५३ सालमा नेकपा एमालेको सांगठनिक सदस्य पाएका कार्कीले पार्टीको निम्ति विभिन्न समयमा योगदान संगै सामाजिक कार्य गर्दै आएका छन् । उनी २०५८ मा अखिल नेपाल महिला संघकी जिल्ला सदस्य, ७२ सालमा तत्कालिन बेलडाँडी नगरपालिका एमाले इन्चार्ज, हुदै जिल्ला कमिटी सदस्य हाल प्रदेश कमिटी सदस्य रहेकी उनले बैशाख ३० गते हुने निर्वाचनमा अध्यक्षमा दावी गर्दै आएकी छिन् । आफ्नो मुल्याङ्कन अहिले सम्म पार्टीले राम्रोसंग गरेको बताउदै अव पनि बेलडाँडीलाई महिलामैत्री गाउँपालिका बनाउनको लागि आफुलाई पार्टीले टिकेट दिनेमा विश्वास रहेको बताइन् । उपाध्यक्षमा रहेको बेला आफुलाई धेरै कुरा थाहाँ नभएको जनाउदै अब केहि जानबुझ भएका बेला समय सकिएकाले गाउँपालिकालाई नमुना गाउँपालिका बनाएर छोड्ने बताइन । आफ्नो कामले बेलडाँडी बासी प्रभावित भएकाले फेरी पनि तपाईले उठ्नुपर्छ भन्ने चौतर्फी आवज उठेको उहाँले बताउनु भयो ।

कार्कीको सामाजिक योगदान

बेलडाँडी गाउँपालिकामा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा भारी मतले उपाध्यक्षमा विजयी भएकी कार्कीको बेलडाँडीमा ठुलो योगदान रहेको छ ।
किसान मध्यवर्ती सामुदायिक बनको संस्थापक सदस्य, बन बनाउनका लागि १३ वटा मुद्धा आफुमाथी पर्दासमेत बन बनाएरै छोडेको, बागेश्वरी उपभोक्ता समितिको संस्थापक सदस्य, चोरीशिकारी नियन्त्रण उपसमिति संस्थापक सदस्य, रौलेश्वर जनता आदर्श बुहुमुखि क्याम्पसको संस्थापक सदस्य भइ सामाजिक कार्यमा निकै काम गरेको भन्दै जनताको चाहना अनुसार आफुले चुनाव जितेको बताइन ।
जनप्रतिनिधी भए पश्च्यात आफुले पाएको जिम्मेवारी पुरा गर्न दिनरात जनताको सेवामा लागेको वहाँले बताउदै न्यायीक समितिमा बेलडाँडीका १३५ मुद्धा आएका र १२५ मुद्धा समाधान भएको जनाए । अनुगमन समितिमा ठुला योजनाहरुको अनुगमन आफुले गर्ने गरेको बेला काम सफलताका साथ सम्पन्न गर्न सफल भएको दावी गरिन । गाउँपालिका भित्रका विद्यालयहरुमा उहाँले निशुल्क सेनिटरी प्याड वितरण, किशोरी प्रजनन स्वास्थ्य सम्वन्धि जनचेतना मुलक कार्यक्रम गरी उमेर नपुगेरै बिहे गर्नुहुन्न भन्ने चेतनाको विकास गरेकी छन् ।

जनप्रतिनिधी भई गरेका उपलब्धी

बेलडाँडी गाउँपालिकालाई हिलो मुक्त बनाई लगभग सबै ठाउँमा ग्रावेल सडक निमार्ण, प्रत्येक वडामा कालोपत्रे सडक, गाउँपालिकाको अपाङ्गमैत्री प्रशासकीय भवन, कबडहल, बेलडाँडी क्षेत्रमा पर्यटकहरुलाई बढी भित्र्याउनका लागि बेलडाँडी क्षेत्रबाट शुक्लाफाँटा निकुञ्ज प्रवेशद्धार, कालिकिच ताललाई पर्यटन क्षेत्र बनाउनका लागि डिपीआर तयार, चौधर खोलामा पुल निर्माणका लागि पहल, दैजी बेलडाँडी सडक खण्ड हुलाकी सडक बनाउन पहल, अल्ट्रासाउण्ड मेसिन बेलडाँडी स्वास्थ्य केन्द्रमा जडान गरी बेलडाँडीका महिलाले धनगढी महेन्द्रनगर नजानु पर्ने बतावरण श्रृजना, अनिर्वाय गर्भवती महिला जाँच मेसिन, बाबालाई चिट्ठी कार्यक्रम लागु गर्नुका साथै थुप्रै काम गरेको दावी गरिन ।

 

ताजा समाचार