Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीनेकपा माओवादी केन्द्रबाट बेलडाँडी गाउँपालिका अध्यक्षका आकांक्षी पत्रकार गिरीको पुनर्वासमा मोटरसाइकल दुर्घटना

नेकपा माओवादी केन्द्रबाट बेलडाँडी गाउँपालिका अध्यक्षका आकांक्षी पत्रकार गिरीको पुनर्वासमा मोटरसाइकल दुर्घटना

बेलडाँडी,
नेकपा माओवादी केन्द्रबाट बेलडाँडी गाउँपालिका अध्यक्षका आकांक्षी पत्रकार गिरीको पुनर्वासमा मोटसाइकल दुर्घटना भएको छ ।

आज विहान करिब ९ः३० बजेको समयमा पुनर्वास नगरपालिका वडा नं.१ बलभद्ध बस्ती हुलाकी सडक खण्डमा अटो रिक्सा र पत्रकार कृष्ण गिरीले सवार गरेको मोटरसाइकल एकआपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

म १ घ ११६४ नं.को अटो रिक्सा र से७प ५३४४ नं.को मोटर साइकल एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार पुन्टे खडकाले चलाएको अटो रिक्सा र बेलडाँडी गाउँपालिका वडा नं.३ का खेमराज भट्टले चलाएको मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाईकमा सवार गिरीको कानको भागमा मध्यम चोट लागेको जनाइएको छ भने वटो चालक खडकाको खुट्टामा चोट, मोटरसाइकल चालक भट्टको हातमा चोट, अटोमा सवार पुनर्वास नपाकी दुरा बिष्टलाई सामान्य चोट लागेको जनाइएको छ । घाइते गिरीकोको धनगढीको निर्सगमा उपचार हुन नसक्दा माया मेट्रोमा अहिले उपचार भइरहेको छ । भने ठोकिएका सवारी साधन पुनर्वास प्रहरीको नियन्त्रणमा छन् ।

ताजा समाचार