Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीपाटीबाट बुढापाखा भन्दा पनि युवा आउँनुपर्छ ः काँग्रेस बेलडाँडी प्रमुखका उम्मेदवार जोशी

पाटीबाट बुढापाखा भन्दा पनि युवा आउँनुपर्छ ः काँग्रेस बेलडाँडी प्रमुखका उम्मेदवार जोशी

कञ्चनपुर,
आशन्न बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली काँगेसबाट बेलडाँडी गाँउ प्रमुखका लागि युवा नेता हर्कदेव जोशी समेत आँकाक्षी देखिएका छन । झण्डै अढाई दशकदेखि काँग्रेसको राजनीतिमा सकृय युवा नेता जोशी अहिले गाँउ प्रमुखको यात्रामा छन । जोशीको पनि बेलडाँडी प्रमुखका लागि काँग्रेसले जिल्लामा सिफारिस गरेको छ । उनले काँग्रेसमा अब बुढापाखा भन्दा पनि युवा पुस्ता आउनुपर्ने पक्षमा देखिएका छन ।

बुढापाखालाई पार्टी र जनताले पटक पटक मुल्याङकन गरिसकेकाले यस पटक सबै पदमा युवा पुस्ता आउनुपर्ने बताउँदै सहजै युवालाई नेतृत्व दिनुपर्नेमा जोडदिए । ०५२साल नेवि संघबाट राजनीतिक यात्रा तय गरेका जोशी १३औँ महाधिवेशनमा काँग्रेस बेलडाँडीका सभापति भई पार्टीका लागि थुप्रै काम गरेको बताउँछन ।

कुसल संगठन निर्माण, सम्बृद्धिका अभियानकर्ता, मेलमिलाप संयोजक समेत रहेका जोशी गाँउ कार्य सम्पादन समिति पुर्व उपसभापति १४औँ महाधिवेशनका उम्मेदवार रहेका थिए । गाँउका खेलकुद, कृषि, सिचाई समाजिक कार्यका लागि अग्रसर रहेका जोशी युवा पुस्ताका लोकप्रिय नेताका रुपमा परिचित छन ।

‘एक घर एक रोजगारी’ गरिबसंग बिपी कार्यक्रम, एकीककृत पुर्वाधार विकास, ५ हजार जमिनको पुर्जा वितरण, प्लस टु निःशुल्क शिक्षा एव प्राविधिक शिक्षालाई अघि बढाउने जोशीको योजना रहेको छ । काँग्रेस बेलडाँडीका युवा नेता जोशीले लामो समयदेखि काम गर्दै आएको युवा पुस्ताको पाटीले उचित मुल्याङकन गर्नुपर्ने अपेक्षा राखेका छन ।

ताजा समाचार