Thursday, September 29, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारकिसानको खेतको बिचमा रहेको बिवादित नयाँ सीमा स्तम्भलाई घेरेर तारबार गरेपछि विवाद

किसानको खेतको बिचमा रहेको बिवादित नयाँ सीमा स्तम्भलाई घेरेर तारबार गरेपछि विवाद

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.३ सिमा क्षेत्र संग जोडिएको नेपाली किसानको जमिनमा बनेको नयाँ सीमा स्तम्भलाई घेरेर तारवार गरेपछि विवाद शुरुभएको छ । नयाँ सीमा स्तम्भको बारेमा नेपाली पक्षबाट पहिलेनै विवाद भएपछि नयाँ स्तम्भ राख्ने काम रोकिएको थियो ।

नेपाली किसान मान सिह नेपालीले जंगली जनावर तथा घरेलु जनावरबाट बालीनाली बचाउनको लागि सीमा स्तम्भ नं. ७८५ लाई घेरी तारवार गरेपछि भारतीय सीमा सुरक्षा बल ं(एसएसबी) को अनुरोध र जिल्ला प्रमुखको आदेशमा सशस्त्र प्रहरीले भातर तीर पर्ने तारबार काटिदिए पछि बिवाद बढेको थियो ।

सशस्त्र प्रहरी झिलमिला बिओपी प्रमखु योगेन्द्र भण्डारीले उक्त क्षेत्रमा गरेको तारवार किसानलाई हटाउन अनुरोध गर्दागर्दै नमाने पछि आफुहरुले काटीदिएको बताए । फराकिलो दृष्टिबाट हेर्दा कसैले पनि स्तम्भलाई घेरेर राख्न पाईदैन । किसानलाई समस्या भएको छ तर सीमाको समस्या समाधन नहुन्जेल सम्म यस्ता कार्यमा कसैपक्षबाट पनि निहुँ खोज्नु ठिक होईन । उहाँका अनुसार दशगजा क्षेत्रमा अस्थायी, स्थायी कुनै संरचना कसै पक्षबाट पनि बनाउन मिल्दैन, यो अन्तराष्ट्रिय समस्या भएकाले नयाँ स्तम्भ राख्ने काम समेत स्थगित भएको जानकारी गराए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले साना–साना कुराले सीमामा द्धन्द्ध सृजना गर्ने काम राम्रो नभएको बताए । पिलर भित्र पारेर स्थानीय किसानले तारबार गरेपछि एसएसबीले कम्प्लेन गरे हामीले हटाउन लगाएका हौँ, हुँदै नभएको कुरामा हाम्रा नागरिकले पनि निहूँ खोज्नु भएन,’ उनले भने ।

स्ट्रीप नक्सा बनाउँदा नेपाली पक्ष चुकेका कारण यो सीमा क्षेत्रमा सधैजसो तनाव हुने गरेको छ । स्थानीयबासिन्दा आफूहरुले वर्षौदेखि जोतभोग गरिरहेको पूर्जा भएको जग्गा पनि भारततर्फ पारिएको भन्दै बिरोध गर्दै आइरहेका छन् । सीमा स्तम्भ निर्माण गरिएको जग्गा आफ्नो भएकाले तारबार गरिएको स्थानीयहरुको भनाई छ ।

समस्या समाधानको लागि आज बेलडाँडी स्थानीय सरकारको टोली जिल्ला प्रमुखलाई भेट्न सदरमुकाम जादैछन् । बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले समस्या समाधानका लागि आफ्नो पुरै टोली सिडिओ कार्यालय जाने भने पछि विवाद कम भएको थियो ।

अधिकांस स्थानीय वासिन्दाले यति बेला यो विवाद अनावश्यक भएको बताए । यी नया स्तम्भका विषयले पुरै काम रोकिएको छ । यो हाम्रो कमजोरी भन्दा पछि राज्यको कमजोरी भएको बताउदै दशगजा क्षेत्रमा कुनै यस्ता कृयाकलाप कसैले पनि नर्गन हुने बताउछन् । भारतीय पक्षले सीमा स्तम्भ घेरेको देख्दा घेर्नेकाम नर्गनुस भन्नु स्वाभाविक भएको जनाए । यस विषयमा हामी सबैले संयमता अपनाउनु पर्ने हुन्छ ।

ताजा समाचार