बेलडाँडी,
आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरको बेलडाँडी गाँउपालिकाबाट नेकपा माओवादी केन्द्रले प्रमुख उप प्रमुखका उम्मेदवार सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र बेलडाँडी गाँउपालिकाले प्रमुख र उप प्रमुखका उम्मेदवार जिल्ला समन्वय समितिलाई सिफारिस गरेको हो ।
माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहका अनुसार प्रमुखका लागि र्ईश्वरी दत्त भट्ट, कल्पना गिरी, कृष्णराज गिरी, नन्दकिशोर एसके, कैलाचन्द्र गिरी र उप प्रमुखमा नैनादेवी गिरी सुरेन्द्र राज कोईराला सिफारिस भएका छन । प्रमुखका सिफारिस भएका ईश्वरी दत्त भट्ट पुरना एव अनुभवी नेता हुन ।
शैक्षिक, समाजिक राजनीतिक क्षेत्रमा लामो समय काम गरेका भट्टदेखि विद्यार्थी नेता कैलाशचन्द्र गिरी सिफारिस भएका छन । झण्डै डेढ दशकदेखि विद्यार्थी राजनीतिमा सकृय रहेका गिरी अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष एव जिल्ला खेलकुद समितिका उपाध्यक्ष हुन । माओवादी केन्द्र बेलडाँडीले वडाहरुको समेत उम्मेदवार सिफारिस गरिसकेको छ ।

