Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीराजनीतिक शुद्धीकरणका ठोस एजेन्डाहरु सहित उपाध्यक्षको प्रतिस्पर्धामा बेलडाँडी नेपाली कांग्रेस नेत्री राधिका...

राजनीतिक शुद्धीकरणका ठोस एजेन्डाहरु सहित उपाध्यक्षको प्रतिस्पर्धामा बेलडाँडी नेपाली कांग्रेस नेत्री राधिका देवी जोशी

बेलडाँडी,
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी नेत्री राधिका देवी जोशी राजनितिक शुद्धीकरणका ठोस एजेन्डाहरु सहित नेपाली कांग्रेस बेलडाँडीबाट बेलडाँडी गाउँपालीका उपाध्यक्ष पदका लागी आफ्नो दावी प्रस्तुत गरेका छन् । “एक पटक, अन्तिम पटक” भन्ने अभिप्रायका साथ आफ्नो दावी प्रस्तुत गर्नुुभएकी नेत्री जोशी भन्नु हुन्छ, ”पुरानो र ठुलो संगठनमा पटपटक एउटैले व्यक्तीले एउटै पदमा आकांक्षा राख्नु हुदैन, सबैको सामुहिक प्रयासबाट नेपाली कांग्रेस आजका दिनसम्म आईपुगेको संगठन हो । त्यसैले सबैको भावना समेटिनु पर्दछ, सबैको योग्यता र योगदानको कदर गर्नुपर्दछ । युवाहरुलाई अवसर दिनुपर्दछ ।

सदैव एउटै व्यक्ती योग्य र सान्दर्भिक हुन सक्दैन । त्यसैले मैले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा घोषणा गरेकी थिए, मेरो यो अन्तीम प्रतिस्पर्धा हो, राजनितिक रुपमा म अब ५–६ वर्ष मात्रै सक्रीय हुनेछु । त्यतीबेला मेरो उमेर ६० वर्ष हाराहारीमा हुनेछु । त्यसपछीको सक्रीय राजनीती मेरालागी सान्दर्भिक हुनेछैन् । म जुन किसीमले सम्भव भएसम्म समाजका हरेक परिवारको सुख दुख संग जोडीने प्रयास गर्दछु, संगठनका हरेक क्रियाकलापहरुमा मेरो उपस्थीती रहन्छ, संगठनको हरेक जिम्मेवारी सकृयताका साथ निर्वाह गर्दछु, त्यसपछी मेरो स्वास्थ र उमेरका कारणले त्यो क्रम अली कमपनी हुन सक्दछ । संगठन म त्यसपछिको जीवन सामाजीक र धार्मीक कर्ममा व्यतीत गर्न चाहन्छु । संगठनका लागी योगदान दिन मेरो परिवारमा नयाँ पुस्ता उदाईसकेको छ ।

हरेक राजनिती कर्मी समाजको आदर्श ब्यक्ति हो; त्यसैले उसको विचार र ब्यवहारले धेरै महत्व राख्दछ । अहिले सम्मको समाजसेवा र रजनितिबाट मैले कुनै ब्यक्तीगत आर्थिक लाभ लिएकी छैन, लिने विषय पनि होईन । गा.पा. उपाध्यक्षको माध्यमबाट सेवामा समर्पीत हुने एउटा अधार मात्रै चाहीएको हो । राजनितिक बिकृतीे केही हद सम्म कम गर्न सक्ने मेरा केही एजेण्डाहरु छन । म ति एजेण्डालाई आफ्नो व्यवहारमा उतारेर उदाहरण पेस गर्न चाहन्छु । ”

एजेण्डाहरु
१ आर्थिक अनुशासनका लागि पारदर्शिता अपरिहार्य छ त्यसैले हरेक जनप्रतिनिधिले निर्वाचित भएको एक हप्ताभित्र आफ्नो सम्पत्ति विवरण र आयो स्रोत जनता माझ स्पष्ट पार्नुपर्दछ ।
२. राजनीति सेवाको एउटा रुप हो त्यसैले हरेक जनप्रतिनिधिले बिना आर्थिक लाभ आफ्ना कार्यकाल सेवामा समर्पित गर्नुपर्दछ ।
३. राजनितिक कर्मीको जीवन सार्वजनीक जीवन हो, उस्का हरेक गतिवीधीहरु समाजले थाहा पाउनुपर्दछ ।
४. खर्चिलो निर्वाचन प्रकृयाले आर्थिक अनियमीतता गर्न जनप्रतिनिधीलाई प्रेरीत गर्दछ, त्यसैले निर्वाचनमा खर्च न्युनतम गर्नुपर्दछ ।

प्राय सधैँजसो एकाबिहानै कोहि न कोहि महिला आँगनमा पुग्नुहुन्छ, आँखा भरी आसुँ र देह भरी चोट बोकेर । कोई आफ्नै श्रीमानको प्रताडनाको पिडा बोकेर त कोई परिवारजनको अन्याय , तर उहाँको आँगनमा पुग्दा न्याय पाउने या समस्या समाधान हुने कुरामा प्रायः सबै ढुक्क हुन्छन । कानुन या न्याय प्रणालीको औपचारीक शिक्षाको डिग्री छैन उँहा संग तर आफ्नो जीवनकालमा पाएका थुप्रै अनौपचारीक तालीम तथा अनुभवले निखारेको छ उहाँलाई । कुनै पनि व्यक्तीलाई कसरी रिझाउने, के भन्दा उक्त ब्यक्ती कन्भेन्स हुन्छ, उहाँलाई राम्रोसंग थाहा हुन्छ । त्यसैले सामान्य झगडाहरु सजिलै समाधान हुन्छन् ।

२०४७ सालदेखी जब उहाँको परिवार कंञ्चनपुरको सदरमुकाम महेन्द्रनगर देखी बेलडाँडी बसाई सरे, तबदेखी उहाँको महिला सशक्तिकरण, राजनिती र समाजसेवाको यात्रा सुरु भयो । बेलडाँडी त्यो बेला अत्यन्तै पातलो बसोबास, ग्रामीण क्षेत्र भएको र विशेष गरेर अत्यन्तै थोरै संख्यामा महिला साक्षरता भएको ठाउँ थियो । ग्रामीण विकास बैंकले गाँउगाँउमा महिला समुह गठन गर्दै महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने प्रयास गर्दथ्यो तर महिलाहरु साक्षर सम्म नरहेको तत्कालीन अवस्थामा बैंकींङ कारोबार महिलाहरुका लागी अत्यन्तै असहज हुने गर्दथ्यो ।

उक्त असहजतालाई सहजतामा रुपान्तरण गर्न महिलाहरुलाई आफ्नो नाम सम्म लेख्न सक्ने बनाउनेमा उहाको प्रयास रहन्थो । उक्त बैंकको बेलडाँडी केन्द्र प्रमुखमा नेतृत्व गरी उहाँले बेलडाँडीका महिलाहरुलाई समाजमा घुलमिल हुन, आर्थिक स्वतन्त्रताका लागी आफै उद्यम गर्न, आफ्नो अधिकार प्रती सजक हुन आदि कुराहरुमा प्रेरीत गर्नुभयो ।

क्रमश बेलडाँडीमा स्थापीत भएका वा अरुठाउँबाट बेलडाँडीमा सेवाका लागी आएका बिभिन्न संघ संथाहरुको नेतृत्वका लागी उहाँ पहिलो रोजाई बन्नुभयो । २०५६ साल तिर ग्रामीण विकास बैंकको आयोजनामा सन्चालन भएको बाल शिक्षा कार्यक्रममा शिक्षिकाको भुमीकामा रही कार्यगर्नुभया, उक्त बालशिक्षा कार्यक्रममा शिक्षा आर्जन गनुभएका थुप्रै महिलाहरु आज बिभिन्न संघ संथाहरुमा नेतृत्वदायी भुमिकामा रहेर कार्य गरिरहनुभएको छ । कानुनी शिक्षा कार्यक्रममा महिलाहरुलाई कानुन, महिला हरुका हक र अधिकार आदिको बारेमा बेलाडाँडीका महिलाहरुलाई प्रशिक्षीत गर्नुभयो ।

बेलडाडीमा प्राय दलीत तथा अति गरिब बालबालीकाहरु पढ्ने उहाँको घर नजिकैको स्कुल कंञ्चन आधारभुत विद्यालय स्थापनामा पनि उहाँको योगदान रहेको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई पढाई प्रती हौसला बढाउने तथा अति बिपन्न परिवारमा केही राहत होस भन्ने मनशायका साथ बेलालेलामा अध्ययन सामाग्री, विद्यालय पोषाक, खेलकुद सामाग्री आदि बितरण गर्दै आईरहनुभएको छ । साथै उक्त बिद्यालयको भौतिक पुर्वाधार विकासका लागी सरकारी तथा गैर सरकारी संघ संस्थाहरु संग पहल समेत गर्दै आईरहनुभएको छ । दैजी बेलडाडी सडकखण्डको निर्माणका लागी गठन गरिएको संघर्ष समितिमा रहि सक्रीय सहभागीता जनाउनु भएको छ ।

१० वर्षे जनयुद्धको असहज परिस्थीतीमा समेत तत्कालीन विभाजीत कांग्रेसमा सकृय कार्यकर्ताको भुमिका निर्भाह गर्नुभएकी सानो बालक घरमा छोडेर जील्ला सदरमुकामका बैठकहरु र कार्यक्रमहरुमा साइकलको यात्रा तय गर्ने उपस्थीत भएको अनुभव छ उहासंग ।

ताजा समाचार