बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.३ बैवाह सिमा नजिक आफ्नो जमिनमा किसानले तारवार गर्न खोज्दा भारतीय एसएसबीले रोक्न खोजेको छ ।
भारतीय सिमा नजिक पर्ने किसान मान सिह नेपालीले जंगली जनावर तथा घरेलु जनावरबाट बालीनाली बचाउनको लागि आफ्नो जमिनमा तारवार गर्ने क्रममा भारतीय एसएसबीले अवरोध गरेको स्थानीय वासिन्दाले बताएका छन् ।
स्थानीय वासिन्दाका अनुसार नेपाली आफ्नो खेतवारीमा लगाएको बालीनाली बचाउनको लागि तारबार गर्ने क्रममा यो भारतमा पर्छ भन्दै तारवार नर्गन दवाव दिएको बताए । स्थानीय वासी त्यहाँ भेला भएपछि नेपाली भाषा जान्ने एसएसबीले आफ्नो डिउटी भएको बताउदै आफुले माथिल्लो कमिटीमा जानकारी गराउनु पर्ने कुरा बताउदै गएको बताए ।
यसरी दिनप्रतिदिन भारतीयहरुद्धारा नेपाली भुमिमाथी हैकमबाद लाद्न खोज्दा समेत नेपाल सरकार मौन रहने प्रवृतिले उनीहरु झिन दवाव बढाउन थालेको देखिन्छ ।