Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीसोमबारदेखि महेन्द्रनगर खुला मञ्चमा निःशुल्क योग शिबिर हुने

सोमबारदेखि महेन्द्रनगर खुला मञ्चमा निःशुल्क योग शिबिर हुने

कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा निः शुल्क योग शिबिर संचालन हुने भएको छ । पतंजली जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा सोमबारदेखि महेन्द्रनगर खुला मञ्चमा निःशुल्क योग शिबिर हुने भएको हो । पतजली जिल्ला कार्या समिति कञ्चनपुरका संस्थापक तथा केन्द्रीय सदस्य लवराज भट्टले स्वास्थ्य सुधारका लागि निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिने बताए । उनका अनुसार शिबिरमा हवनका साथै महाकाली अञ्चल आयुर्वेद औषधालयबाट निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
६ दिनसम्म संचालन हुने योग शिबिरमा हरिद्वारका बाबा रामदेवका शिष्य साधवीद्वय देववादिति र देवविजयाले प्रबचनका दिनेछन । निःशुल्क स्वास्थ्य शिबिरका संयोजक मान बहादुर चन्दले योग शिबिरको सम्पूर्ण तयारी भएको बताए । ‘तयारी पुरा भएको छ, ‘उनले भने, ‘सोमबार बिहानैदेखि कार्यक्रम शुरु हुन्छ ।’ पतंजली जिल्ला कार्य समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले तीन बर्षदेखि कोरोनाले प्रत्यक्ष शिबिर संचालन हुन नसकेपनि अहिले भईरहेकाले स्वास्थ्य सुधारका लागि सहभागिता हुन आब्हान गरेका छन । शिबिरमा झण्डै ५ हजार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार