Friday, August 19, 2022
गृहपृष्ठखेलकुदकैलाली जिल्ला फुटबल संघको अध्यक्षमा मल्ल

कैलाली जिल्ला फुटबल संघको अध्यक्षमा मल्ल

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला फुटबल संघको अध्यक्षमा अनिल मल्ल चयन भएका छन् ।No description available.

सनिवार सम्पन्न कैलाली जिल्ला फुटबल संघको ९ औं साधारण सभा तथा जिल्ला अधिवेशन बाट अध्यक्षमा अनिल मल्ल सर्वसम्मत निर्वाचित भएका हुन। कैलाली जिल्ला फुटबल संघको ९ औं साधारण सभा तथा जिल्ला अधिवेशन बाट १५ सदस्य कार्यसमिति निर्वाचित भएका कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष डबल बहादुर थापाले बताएका छन् ।

No description available.

उनका अनुसार , जिल्लाको अध्यक्ष र ११ सदस्य सर्वसम्मत चयन भएका हुन। भने उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको थियो त्यसमा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियामा गएको थियो। जसमा ३ जना निर्वाचित भएका छन् । No description available.जिल्लाको नयाँ कार्यसमितिमा अध्यक्ष अनिल मल्ल , उपाध्यक्षमा कुमार बहादुर शाही , जितेन्द कुमार बोगटी (बोस), रज बहादुर थापा चयन भएका छन् । यस्तै सदस्यहरु क्रमश आरती आचार्य , मोहित कुमार शाह, तेज बम, चन्द देब बम, हर्क दानपाली,होम तामाङ , कृष्ण बहादुर चौधरी ,नरेन्द्र बहादुर डगौरा , देवि राम जैसी , सुरेश चौधरी , श्याम बिष्ट चयन भएका छन् ।No description available.

जिल्लाको ९ औं साधारण सभा तथा अधिवेशनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ , विशिष्ट अतिथिमा प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष राघविन्द्र कार्की रहनु भएको थियो। भने जिल्ला फुटबल संघका महासचिव ओम प्याखुरेल संचालन कार्यक्रम संचालन गर्नु भएको थियो।No description available.No description available.No description available.No description available.

ताजा समाचार