बेलडाँडी,
यसै ३० गते हने निर्वाचनलाई लक्षित गर्दै हुनलागेको टिकट वितरणमा एमाले बेलडाँडीले महिला, दलित, अल्पसंख्यक, जनजातिहरुलाई कुनै प्रमुख पदमा समेट्न नसके निर्वाचनको नतिजा कस्तो आउला भन्ने जिज्ञासा स्थानीय वासीमा चर्चा हुन थालेको छ ।

एमालेले टिकट वितरणमा मनोगत व्याक्तिवादी तरिकाले टिकट बाड्न लागेको हल्ला बाहिर आउन थाल्नासाथ परिणाम पनि त्यस्तै ठिक हाल्ला जस्तै आउन थालको छ । एमाले बेलडाँडी वडा नं.४ गण मानिने ठाउँमा मनोगत हिसावले पुरानै टिमलाई पुनः टिकट दिए पछि एक थरी रुष्ट बन्दै गएका बेला आज बेलडाँडी वडा नं.५ मा समेत महिला, महिला माथी पनि दलित महिलाले वडा अध्यक्षको टिकटका लागि दावि गरिरहेको बेला समुदाय, बर्गलाई लत्याउने हिसावले टिकट वितरण भएपछि एक ठुलो समुदाय रुष्ट बनेको छ । बेलडाँडी गाउँपालिकाकै दलित समुदायको प्रतिनिधित्व हुनेगरी वडा नं.५ बाट वडा अध्यक्ष उम्मेदवारका लागि काबा अध्यक्ष कमला ओखेडाको समेत नाम सिफारिस भएका बेला पुनः जिल्लापार्टीले छलफलका माध्यमबाट आउन निर्देशन गरेपछि उनको चित्त नबुझदा बुझदै नाम हटाइएको उनी निकट नेताले जनाएका छन् ।
उनका अनुसार महिला र दलित भएकै कारण उनको नाम हटाइएको हुन सक्ने बताए । अन्य अध्यक्षहरुले सुविधान पाउदा समेत १८ महिना विना तलब सुविधा उनले काबा अध्यक्षको रुपमा निरन्तर काम गरेको कुनै मुल्याङकन नगरी हटाएको प्रति चिन्ता व्यक्त गरेका छन् । ती नेताले भने पार्टी भन्ने कुरा रहेन जनुसुकै पार्टीले आफ्नो समुदायको वा दलित जनजातिलाई कुनै वडाको जिम्मेदारी दिन्छन् भने उसै व्याक्तिलाई खुलेरै सहयोग गर्ने बताए ।
यसरी समुदाय,जातियता, क्षेत्रीयता, लिङ्क, सबैको प्रतिनिधित्व हुने गरी मिलाएर जान नसके एमाले बेलडाँडीले ठुलो क्षति बेर्होनुपर्ने एमाले शुभचिन्तकहरु बताउछन् । केही जनप्रतिनिधीका कारण कम्युनिष्ट यस्ता भन्ने अपजस आइरहेका बेला फेरी तिनै अनुहार दोहरिदा मतदाताहरुमा कुनै उत्साह छैन् ।
आफ्ना जनप्रतिनिधीहरुले ५ बर्षमा के के काम गरे भनि गहिरो समिक्षा गर्न नसक्दा फेरी उनै अनुहार शेर बन्नु स्वाभाविक हो । जनताले ती प्रतिनिधीहरुबाट भोगेको पिडा, तिनको व्यावहार, पाचँ बर्षमा आफु पायक पर्ने निर्णय बाहेक खासै जनताको चित्त बुझदो भिजन ल्याउन नसक्दा जनता दिक्काएका बेला एमालेले नयाँ अनुहारका उम्मेदवार छनौट गरी पुरानाले गरेका कार्यको माफी माग्दै र गठवन्धन भित्र बिद्रोह गराई सके चुनावमा जाने हो भने चुनाव जित्न सक्ने सम्भावना समेत देखिन्छ ।
