बेलडाँडी,
यसै ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बेलडाँडी एमालेद्धारा पुराना गाविस उपाध्यक्ष खडकालाई वडा अध्यक्ष उम्मेदवारका लागि सर्वसम्मत चयन गरेका छन् ।

आज बेलडाँडी वडा नं.५ मा वडा इन्चार्ज कमल रोकायाको नेतृत्वमा बसेको बैठकले २०४९ सालमा रौतेली विचवा गाविसका उपाध्यक्ष भिम खडकालाई वडा अध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत चयन गरेको एमालेले जनाएको छ । उहाँले पार्टीलाई दिएको योगदानको मुल्याङ्कन गर्दै पुराना मान्छेलाई अहिले टिकट दिएको बताए । खडकाले २०४६ सालको आन्दोलन देखि पार्टी बनाउनमा मुख्य योगदान गरेको र २०४९ सालको निर्वाचनमा आफुलाई गाविस उपाध्यक्षमा विजयी गराएको बेला आफुले निरन्तर जनताको पक्षमा काम गरेको जनाए ।
पछिल्लो समयमा वहाँले पार्टीले आफु जस्ता कम्युनिष्ट आन्दोलनलाई जलमल गरेकाको कुनै मुल्याङ्कन हुदैन भनि मन मरेको बेला आफुलाई टिकट दिए पछि नौलो उर्जा आफुमा थपिएको बताए । समाजका लागि आफुले पुर्याएको योगदानको मतदाताहरुले सहि मुल्याङ्कन गरि वडा अध्यक्षमा आफुलाई बहुमतका साथ विजयी गराउनेमा आफु ढुक्क रहेको बताए ।
