Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीपत्रकार महतालाई सम्मान

पत्रकार महतालाई सम्मान

कञ्चनपुर,
कञ्चनपुरका पत्रकार विकास सिह महतालाई सम्मान गरिएको छ । कञ्चनपुर जिल्ला फुटबल संघले पत्रकार महतालाई सम्मान गरेको हो ।
बिहीबार महेन्द्रनगरमा फुटबल संघको ६औँ बार्षिक साधारण सभामा पत्रकार महताले फुटबल क्षेत्रमा संचारका क्षे त्र सहित प्राविधिक रुपमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै संघले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सुदूर दर्पण दैनिकका सह सम्पादक समेत रहेका पत्रकार महता कञ्चनपुर खेलकुद समितिका सदस्य पनि हुन । पत्रकार महता सहित फुटबलका प्रशिक्षक पुष्कर शाहीलाई समेत सम्मान गरिएको छ । फुटबल संघ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा संघको साधारण सभा उद्घाटन समारोह सकिएको छ । अहिले नेतृत्व चयनका लागि प्रकृया शुरु भएको छ ।

ताजा समाचार