Thursday, September 29, 2022
गृहपृष्ठकला साहित्यबिषु पर्वको अवसर पारेर बेलडाँडीमा भोली बृहत सांस्कृतिक कार्यक्रम हुने

बिषु पर्वको अवसर पारेर बेलडाँडीमा भोली बृहत सांस्कृतिक कार्यक्रम हुने

बेलडाँडी,
सुदूरपश्चिमेलीहरुले महान पर्वका रुपमा मनाउने बिषु पर्व नयाँ बर्षको अवसर पारेर बेलडाँडी वडा नं.३ खैरीघाटमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नयाँ बर्षको पहिलो दिन बिषु पर्व मान्ने चलन अनुसार खैरीघाटमा लामो समय देखि बिषु पर्व मनाइदै आएको न्यू खप्तड युवा क्लबका अध्यक्ष नरेन्द्र बिष्टले जानकारी गराउनु भयो ।

यस बर्ष पनि क्लबको आयोजनामा विभिन्न खेलकुदका कार्यक्रमको आयोजना गरी भोली १ गते दिउसो ३ बजे बृहत सांस्कृति कार्यक्रमको आयोजना गरिन लागेको अध्यक्ष बिष्टले जनाए । उहाँका अनुसार भोलीको कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभामुख अर्जुन थापाद्धारा उदघाटन गरिने जनाइएको छ । कार्यक्रममा सुदूरपश्चिमा चर्चित कलाकारहरुका साथ स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार चेतन बोहरा,डिग्रा देवी वादी, लाइभ देउडा गायक चेत बहादुर शाह, दुबैको लाहुरे लक्ष्मण अधिकारी, मञ्जु गिरी लगायत स्थानीय कालाकारहरुको प्रस्तुतिका साथै विद्यार्थीभाइबहीनीहरुको समेत प्रस्तुती रहने अध्यक्ष बिष्टले जनाए ।

ताजा समाचार