Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.२ मा आग्री र वडा नं.५ मा रानाको अध्यक्षतामा वाइसीएल...

बेलडाँडी वडा नं.२ मा आग्री र वडा नं.५ मा रानाको अध्यक्षतामा वाइसीएल कमिटी गठन

बेलडाँडी,
नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल बेलडाँडी वडा नं.२ मा आग्री र वडा नं.५मा रानाको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । वडा नं.२ पदम आग्रीको अध्यक्षतामा २७ सदस्यीय र वडा नं.५ मा अनिल रानाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको बेलडाँडी वाइसीएल इन्चार्ज तथा बेलडाँडी मओवादी केन्द्र सचिव चेत बहादुर शाहले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बैशाख ५ गते वाइसीएल सम्मेलन रहेकोले सबै वडामा कमिटी गठन गरिन थालेको जनाए । ३ र ४ नं. वडामा ३ गते कमिटी गठन गरिने पार्टीको सर्कुलर रहेको जनाउदै जनताको पक्षमा काम गर्न वाइसीएल विउतिएको बताए ।

वाइसीएल बेलडाँडी संयोजक दिपक खडकाको अध्यक्षता शुरुभएको कार्यक्रममा बेलडाँडी गाउँ कमिटी अध्यक्ष डम्मर बहादुर शाह प्रमुख अतिथि, गाउँकमिटी पदाधिकारीहरु अथिति रहेका थिए । भने नयाँ कमिटीलाई गाउँ कमिटी अध्यक्ष डम्मर बहादुर शाह, उपाध्यक्ष जनक राज गिरी, वाइसीएल संयोजक दिपक खडका र ईन्चार्ज तथा गाउँ कमिटि सचिब चेत बहादुर शाह लगायतले आउदै गरेको चुनाव आफ्नो पक्षमा कसरी पार्ने भन्ने सेरोफेरोमा रहि बेलडाँडीलाई लालकिल्ला बनाउने प्रशिक्षण दिएका थिए ।

ताजा समाचार