Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीएमालेबाट बेलडाँडी गाँउपालिका प्रमुखका लागि उपाध्यायको सम्भावना बढ्यो

एमालेबाट बेलडाँडी गाँउपालिका प्रमुखका लागि उपाध्यायको सम्भावना बढ्यो

बेलडाँडी,
आगामी बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनका लागि बेलडाँडी गाँउपालिका प्रमुखका लागि नेकपा एमालेबाट गणेश उपाध्यायको सम्भावना बलियो बन्दै गएको छ । एमाले शिक्षित युवा प्रभावशाली नेता समेत रहेका उपाध्याय गाँउ प्रमुखका प्रबल दाबेदारका साथ सिफारिस भएका छन् ।

एमाले नेताहरुका अनुसार उपाध्यायको विकल्पमा अहिलेसम्म त्यस्तो क्षमता योग्यता भएको त्यागी नेता कोही देखिएका छैनन । युवाका ढुकढुकी, जनप्रिय कहिल्यै अन्य पार्टीमा प्रवेस नगरेका शुरुवाती चरणदेखि एमाले कम्युनिष्ट अभियानमा होमिएका उपाध्यायले टिकट पाउने प्रबल सम्भावना बलियो हुँदै गएको एमाले नेताहरुले बताएका छन ।

झण्डै ३ दशकदेखि राजनीतिकमा होमिएका उपाध्याय विद्यार्थी राजनीतिक हुँदै पार्टीको राजनीतिमा आएका थिए । समाजशास्त्रबाट स्नाकोत्तर गरेका उपाध्यायलाई एमाले बेलडाँडीको ९० प्रतिशत नेता कार्यकर्ताले प्रमुखका लागि अघि सारेको बताए । उपाध्याय हाल एमाले कञ्चनपुर सचिवालय सदस्य एव बेलडाँडी गाँउपालिका इन्चार्ज हुन ।

उपाध्यायका अनुसार पार्टीले व्याक्तिको पार्टी प्रतिको लगानी, त्याग, तपश्या, क्षमताका आधारमा टिकट दिनेमा आफु ढुक्क रहेको बताउदै अन्य साथीहरुले इच्छा आँकाक्षा राख्न पाईयो, दावि गर्न पनि पाईन्छ, तर टिकट भने उचित मुल्याङ्कन गरेरै दिने र जनतामा गरेका योगदानको आधारमा पाईन्छ ।

ताजा समाचार