Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमालेबाट ५वडा मध्ये एक वडामा दलित महिला सहितको अध्यक्ष उम्मेदवार हुनुपर्ने...

बेलडाँडी एमालेबाट ५वडा मध्ये एक वडामा दलित महिला सहितको अध्यक्ष उम्मेदवार हुनुपर्ने माग, चर्चामा कमला

बेलडाँडी,

संविधानले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्य शासन सञ्चालनका हरेक तहमा सहभागिता हुन पाउने अधिकार सुनिश्चित गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ ले स्थानीय तहको वडामा कम्तीमा दुई महिलामध्ये एक दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

दलितलाई हेर्ने व्यवहारको कारण दलित महिलालाई हरेक क्षेत्रबाट पछाडि पारिँदै आएको छ । पछिल्ला केही समय दलित समुदायका व्यक्ति पनि नेतृत्वमा पुग्ने कसरतमा छन् । तथापि अहिलेसम्मको अवस्था हेर्दा जतिसुकै क्षमतावान भए पनि दलित आरक्षित कोटामै खुम्च्याँइदा क्षमता प्रद्धर्शन गर्न सकेका छैनन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेलडाँडी एमालेले आज वडाहरुका सबै उम्मेदवारहरुका नाम छनौटका लागि जिल्ला पठाएको छ । ५ वडा मध्ये दलितको नाम वडा नं.२ बाट दिल बहादुर सुनार र वडा नं.५ बाट कमला ओखेडाको नाम चर्चामा रहेको छ । दलित महिलाको नाम वडा अध्यक्षमा सिफारिस भए पछि दलित समुदायका मानिसहरु उत्साहित भएका छन् । बेलडाँडीका दलित अगुवाहरुका अनुसार दलित त्यसैमा पनि महिला दलितलाई टिकट दिनुपर्ने माग अघि सारेका छन् । पार्टीले अध्यक्षमा महिलाको नाम सिफारिस गरेको छ त्यसैले महिला र दलितको सहभागिता हुने गरि वडा नं.५ की कावा अध्यक्ष कमला ओखेडालाई टिकट दिनु पर्ने दलित अधिकारकर्मीहरुको भनाई छ । ओखेडाले दलितको मात्र प्रतिनिधित्व नगरी समग्र महिलाको समेत प्रतिनिधित्व गर्ने गरी टिकट दिनुपर्ने अधिकांसको भनाई छ ।

कमला ओखेडा २०७४ को निर्वाचनमा वडा नं.५ बाट आरक्षण कोटाबाट दलित महिला सदस्यमा निर्वाचित भएका थिए । १४ बर्ष निशुल्क स्वास्थ्य स्वयमसेवीकामा सेवा गरेका उनी वडा नं.५ का अध्यक्षको मृत्यु भए पछि उनले १८ महिना कावा अध्यक्ष भई बिना तलब सेवा गरेका थिए ।

वडा नं.३ र ४ बाट अध्यक्षका लागि सर्वसम्मत गणेश बिष्ट र बिर बहादुर खडका सिफारिस भएका छन भने वडा नं. १ बाट शंकर दत्त भट्ट, मनोज बोहरा र पशुपती भट्ट । वडा नं. २ बाट मदन खत्री, विष्णुराम उपाध्याय, गंगादत्त जोशी, दिल बहादुर सुनार, धनिदत्त भट्ट भोजराज पाण्डेय र पुरानै अध्यक्ष प्रेमराज खाती सिफारिस भएका छन् । वडा नं. ५ बाट कमला ओखेडा, कृष्णकुमार रोकाया, मोहन बडु, कर्ण बुढा, लाल बहादुर रावत, भीम खडका र शिव रावल सिफारिस भएका छन् ।

समाजका सबैभन्दा बढी परिश्रम गर्न सक्ने क्षमता भएका, सीप र कलाका पारखी दलित महिलालाई राज्यको विभेदकारी नीति र अपमानजनक व्यवहारकै कारण हरेक क्षेत्रबाट पछाडि पारिएको छ । नयाँ संविधान निर्माण भएपछि राज्यका स्थानीय तहमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको कानुनी व्यवस्था भएपछि भने दलित महिलाले विकासको अवसर पाउने लक्ष्यण देखिन्छ ।

दलित समुदायमाथि सदियौँदेखिको छुवाछूत, विभेद र उत्पीडन अहिले पनि जारी छ । दलित उत्पीडितको पनि पिँधमा रहेको समुदाय हो । दलित समुदायभित्र पनि महिलाको अवस्था अझ दर्दनाक छ । उनीहरू समाजभित्र महिला भएका कारण, दलित समुदायभित्र दलित महिला भएका कारण र महिलाभित्र पनि दलित महिला भएका कारण अतिरिक्त विभेद र उत्पीडन भोग्न बाध्य छन् ।

 

ताजा समाचार