Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीएमाले निकट शिक्षक संगठनद्वारा महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण

एमाले निकट शिक्षक संगठनद्वारा महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण

कञ्चनपुर,
नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ ।
एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले संगठनको ४३औँ स्थापना दिवसको अबसर पारेर मंगलबार बिरामीलाई फलफुल वितरण गरिएको बताए । सचिव विष्टका अनुसार समाजिक कार्य गर्ने उदेश्यले बिरामीलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश बरिष्ठ उपाध्यक्ष दामोदर भट्ट, पुर्व केन्दीय महिला उपाध्यक्ष चन्द्रकला पन्त, महिला उपाध्यक्ष भुवनेश्वरी रावल, सचिव दिवाकर जोशी, पुर्व जिल्ला अध्यक्ष हरि प्रशाद जोशी, महाकाली अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट(किरण), निमित्त मेसु डा. अर्जुन भट्ट सहितको उपस्थिति रहेको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव विष्टले आगामी दिनमा समेत संगठनले समाजिक कार्य गरिने बताए ।

ताजा समाचार