Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीसुदूरपश्चिममा जसपामा पहिरो बाबुराम भट्टराईकै विश्वासिला नेता माओवादी केन्द्रमा प्रवेस

सुदूरपश्चिममा जसपामा पहिरो बाबुराम भट्टराईकै विश्वासिला नेता माओवादी केन्द्रमा प्रवेस

काठमाण्डौँ,
जनता समाजवादी पार्टी(जसपा) सुदूरपश्चिम प्रदेशमा पहिरो गएको छ ।
जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण कुमार चौधरी(कुण्दन) सहितको सिङ्गो जसपा टिम माओवादी केन्द्रमा प्रवेस गरेको हो ।
जसपा सुदूरपश्चिका प्रदेश अध्यक्ष चौधरी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

मंगलबार राजधानी काठमाण्डौँमा एक कार्यक्रमका विच जसपा सुप प्रदेशका अध्यक्ष चौधरी, केन्द्रीय सदस्य माया नेगी, प्रदेशका नेताहरु पशुपती चौधरी, गंगा चौधरी, पुरन साउद सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले सुप प्रदेशमा माअ‍ोवादी केन्द्रमा जसपा नेता कार्यकर्ता प्रवेस नभई पाटी समाहित भएको बताए । ‘यो कुनै प्रवेस होईन, उहाँहरु पहिलेदेखि नै माओवादी नेता कार्यकर्ता नै हुन, ‘अहिले जसपा माओवादीमा समाहित भएको हो ।

चौधरी, नेगी सहितका सबै पुर्व माओवादी नेता कार्यकर्ता थिए । उनीहरु पुन माओवादीमै फर्किएका छन ।
०७२ सालमा माओवादी बरिष्ठ नेता डा। बाबुराम भट्टराईले पाटी परित्याग गरेर नयाँ शक्ति हुँदै मधेशवादी दलमा पाटी एकिकरण गरेका थिए । सुदूरपश्चिममा बाबुराम भट्टराईकै विश्वासिता नेता कार्यकर्ताले बाबुरामको साथ छाड्न थालेपछि जसपा बाबुराम पक्ष सुन्यतातर्फ गईरहेको छ । जसपा केन्द्रीय सदस्य माया नेगीले अहिले सुप प्रदेश पाटी माओवादीमा समाहित भएको र पछि वडा स्तरको जसपा टिम माओवादीमा स्वत समाहित हुने बताईन ।

ताजा समाचार