Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.४ का अध्यक्ष पुनः अध्यक्षको उम्मेदवारका लागि एमाले वडाबाट सर्वसम्मत...

बेलडाँडी वडा नं.४ का अध्यक्ष पुनः अध्यक्षको उम्मेदवारका लागि एमाले वडाबाट सर्वसम्मत सिफारिस, सदस्यमा विवाद

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.४ का अध्यक्ष पुनः अध्यक्षको उम्मेदवारमा सर्वसम्मत एमाले वडा कमिटि बाट सिफारिस भएका छन् ।
पाचँ बर्षको कार्याकालमा अध्यक्ष गाउँपालिका भरीकै लोकप्रिय काम गरेको भन्दै पनुः अध्यक्ष भईदिन सिफारिस गरेको एमाले बेलडाँडी वडा कमिटिले जनाएको छ । वडा कमिटीका अनुसार जनताको नेता बनाएर पठाए पछि जनताको पक्षमा खुलेरै काम गरेको देख्दा सबै दलले वहाँको खुलेरै प्रशंसा गर्ने गरेका छन् ।

एक वडा बासीले भने दुनिया घुसखोरीमा लाग्यो तर वडा नं. ४ का अध्यक्षले त्यस्तो आज सम्म गरेनन गर्ने पनिछैनन् भन्दै खुलेरै तारिफ गरे । यस्तालाई पुनः अध्यक्ष बनाउदा कुनै घाटा नहुने भन्दै सकारात्मक चर्चा भएका बेला अन्य सदस्यमा भने पार्टी भित्रैबाट विरोध शुरु भएको छ । वडा बासीका अनुसार वहाँले फेरि जित्नका लागि पुरानो टिमलाई बाहिर गरेर नयाँ टिमलाई ल्याउनु पर्ने सुझाव दिएका छन् । उनले नयाँ सदस्यलाई ल्याए झिन बलियो हुने वडा वासी बताउछन् ।

भौगोलिक रुपमा गाउँपालिका भरीकै सबै भन्दा सानो वडा विकास गर्ने हो भने नमुना वडा बनाउन कुनै समय नलाग्ने स्थानीयहरुको भनाई छ । नमुना वडाको अवधारण ल्याएर आउनको लागि उहाँले नयाँ भिजन भएका युवाहरुलाई समेट्नु पर्ने अनिर्वाय देखिन्छ । अझै समय छ उहाँले नयाँ मान्छे टिममा समेट्नु पर्ने सबैले सुझाव दिएका छन् । यस सुझावलाई एमाले बेलडाँडीले ग्रहण गरे वडा नं.४ एमालेको गणका रुपमा रहिरहने छ ।

बेलडाँडी पाचँ वटा वडा मध्ये वडा नं.३ र ४ ले सर्वसम्मत अध्यक्षको नाम सिफारिस गरेको छ । वडा नं.३ बाट गणेश बिष्टको नाम सिफारिस भएको छ । बिष्ट गत निर्वाचनमा समेत उम्मेदवार थिए । अहिले पनि उम्मेदवार निर्विरोध छनौट भएका छन् । बिष्ट सामाजिक कार्यमा निकै लोकप्रिय छन् । उनले क्लबको अध्यक्ष देखि दैजिबेलडाँडी सडक खण्ड सुधारका लागि निकै आवाज उठाउदै आएका एक होनहार युवा हुन ।

ताजा समाचार