राजविराजः सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टि रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

