बेलाैरी,
बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि एमाले बेलाैरी नगर कमिटीले नेता पल्लब राज भट्टकाे नाम राय सहित सिफारिस गरेको छ ।

नगर कमिटीको आइतबार अबेरसम्म भएको छलफलमा ८ जना आकाङ्क्षी देखिए पनि अन्ततः मेयरका लागि नेता भट्ट नै एक उत्कृष्ट उम्मेदवार रहेको निर्णयगर्दै कमिटीले सर्व सम्मत राय सहित सिफारिस गरेको जनाइएको छ ।
स्रोतका अनुसार – आकाङ्क्षी नेताहरुकाे इच्छा र चाहनाले एमालेको जित सुनिश्चित नहुने बताउँदै मेयर पदका लागि पार्टी भित्र बलियो उम्मेदवार छनाैटमा नेता भट्टकाे नाम सुचीमा परेको हाे ।
उनीसँगै अन्य आठ जनाको नाम पनि सिफारिस गरेको नगरकमिटीले जनाएको छ । जस अन्तर्गत नेता टेकबहादुर साउँद, राधाकृष्ण जोशी (ज्वाला), रामबहादुर स्वर्णकार, हिरासिंह बिष्ट, करमसाय राना,महिला नेतृ कमला बाेहरा, चित्र कुमारी चौधरी लगायत उपप्रमुख आकाङ्क्षीहरुकाे नाम समेत सिफारिस गरि पठाइएको छ ।
नेता भट्ट यस अघि ०७४ काे स्थानीय निर्वाचनमा मेयर पदका लागि झिनाे मतान्तरले मात्रै पछि परेका थिए । उनी पार्टी र संगठन भित्र बलियो प्रतिद्वन्द्वीका रुपमा चिनिन्छन् । सत्तारूढ गठबन्धन भित्रकाे किचलोले बेलाैरीमा एमालेको जित सुनिश्चित रहेको दाबी गरिएको छ ।
तसर्थ पनि बेलाैरी नगरकमिटीले अब्बल उम्मेदवारकाे सुचीमा नेता भट्टकाे नाम रायसहित सिफारिस गरेको हाे । एमाले जिल्ला सचिव समेत रहेका भट्टले विद्यार्थी जीवनबाट नै राजनीति सुरु गरेका थिए ।
झण्डै चार दशक लामाे राजनीति अनुभव बटुलेका भट्ट कञ्चनपुर अन्तर्राष्ट्रिय सीमा सराेकार समूहका संयोजक समेत रहेका छन् । उनलेे पटकपटक कञ्चनपुरको सीमा समस्या समाधानका निमित्त कुटनैतिक पहलकाे नेतृत्व समेत गरेका थिए ।
राष्ट्र र राष्ट्रियताका सवालमा भारतीय पक्ष संग सीमामै गएर गर्जिने स्वाभावका भट्टको नेतृत्व र क्षमतालाई सम्मान स्वरुप बेलाैरी नगर प्रमुखको जिम्मेवारी दिनुपर्नेमा नगरबासी बैशाख ३० कुरिरहेका छन् ।
