Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीविद्यार्थी नेता रोकायाको गाउँपालिका अध्यक्षको उम्मेदवारमा चर्चा, रोकायाको पक्षमा जनमत बन्दै

विद्यार्थी नेता रोकायाको गाउँपालिका अध्यक्षको उम्मेदवारमा चर्चा, रोकायाको पक्षमा जनमत बन्दै

बेलडाँडी,
आगामी स्थानीय तहको निर्वाचनका लागि एमालेबाट बेलडाँडीमा विद्यार्थी नेता रोकायाको नाम चर्चामा आएको छ ।
विद्यार्थी युवा नेता कमल कुमार रोकायाको नाम बेलडाँडी गाउँपालिका अध्क्षयको उम्मेदवारमा योग्य, कर्मठ, शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सक्ने ऊर्जावान क्षमता भएको युवा रोकयालाई सबैले मन पराउन थालेका छन् ।

क्रान्तिकारी स्वभावका उनी विद्यार्थी राजनिकमा डेड दशक देखि क्रीयाशिल रहदै हाल अनेरास्ववियु जिल्ला अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । उहाँले पार्टीको जिल्ला सम्मेलनमा युवा क्लटर बाट अत्याधिक मत ल्याई लोकप्रिय बनेका थिए । प्रचण्ड माधवले पार्टी फुटाउने अभियान थालेकै बेला देखि उनी खुलेरे नेतृत्व केपी पक्षमा लागेका थिए ।

यस्तै अध्यक्षका लागि अक्कल बहादुर बिष्ट, ईन्द्र पौडेल, पुर्व जनप्रतिनिधी समेत रहेका भीम बहादुर थापा, हालकै जनप्रतिनिधी कमलादेवी कार्की, धन बहादुर थापा(क्षेत्री), गणेश प्रशाद उपाध्याय, लक्ष्मण सिह भाट देखिएका छन । पौडेल अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य र रोकाया कञ्चनपुर जिल्ला अध्यक्ष हुन ।
भने उप प्रमुखमा लक्ष्मी भट्ट, गणेश बहादुर विष्ट, फुलकुमारी राना, बसन्ती जोशी, देवकी बुढा देखिएका छन ।

ताजा समाचार