Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.४ एमालेका उम्मेदवार छनौटमा पुरानै जनप्रतिनिधीहरुलाई दोहर्याएको भन्दै विरोध

बेलडाँडी वडा नं.४ एमालेका उम्मेदवार छनौटमा पुरानै जनप्रतिनिधीहरुलाई दोहर्याएको भन्दै विरोध

बेलडाँडी,
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बेलडाँडी वडा नं.४ एमालेका उम्मेदवार छनौटमा पुनः जनप्रतिनिधीहरुलाई दोहर्याएको भन्दै चर्को विरोध भएको छ ।

वडा नं.४ का अध्यक्ष लोकप्रिय भए पनि उनको पुरै टिम लोकप्रिय नभएको भन्दै अध्यक्ष दोहरिनु ठिकै भएको तर पुरै पुरानो टिमलाई दोहर्याए पछि कार्यकर्ताले चर्को विरोध गरेका छन् ।
पाचँ बर्ष खाई सकेका सदस्यलाई फेरि पार्टीले उम्मेदवार बनाउनका लागि सिफारिस गरे पछि एमालेको गण मानिने वडा नं. ४ गण भत्कीने निश्चित बन्दै गएको छ ।

वडा नं.४ का अध्यक्ष तथा पुनः अध्यक्षकै उम्मेदवारमा सबैका लोकप्रिय भएता पनि उनको पुरै टिम त्यस्तो नभएको भन्दै बैठकमै विरोध गर्दागर्दै सडयन्त्र पुर्वक पुरानै टिमलाई निरन्त्रताका लागि वडा कमिटीले सिफारिस गरे पछि महोल उल्टिन लागेको हो ।

त्यहाँका युवाहरुका अनुसार सक्षम मान्छे हुदाहुदै पार्टी कसैको पेवा जस्तो सम्झिने गरेकाले तिनका कारण गण भत्किने बताए । अध्यक्षमा पुरानै बिर बहादुर खडका सदस्यमा चन्द्र खडका, खगेश्वरी भण्डारी रहेका थिए भने नयाँमा राजकुमार चौधरी र सरिता घिमेरे सुनारलाई सिफारिस गरिएको छ ।

ताजा समाचार