Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी १ मा युवा नेता शाह नेतृत्वमा माओवादीका उम्मेदवार छनौट

बेलडाँडी १ मा युवा नेता शाह नेतृत्वमा माओवादीका उम्मेदवार छनौट

कञ्चनपुर,
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले बेलडाँडी गाँउपालिका १बाट चेत बहादुर शाह नेतृत्वमा वडाका उम्मेदवार छनौट गरेको छ ।

नेकपा माओवादी केन्द्र बेलडाँडीका युवा नेता शाह नेतृत्वमा उम्मेदवार छनौट गरिएका हुन । माओवादी केन्द्र बेलडाँडीका अनुसार वडाध्यक्षमा चेत बहादुर शाह, सदस्य तर्फ खडक थापा, प्रयाग चन्द, सिद्दादेवी दमाईलाई छनौट गरेको छ भने अर्का महिला सदस्य भोलि मात्र टुङ्गो लाग्ने जनाइएको छ ।

समाजसेवी एवम एकदमै लोकप्रियता कमायका युवा आफैमा कलाकार , खेलप्रेमि र लाईभ देउडिया पनि हुन । युवा मन का ढुकढुकी शाह माओवादी केन्द्र बेलडाँडी गाउँ कमिटि सचिब, स्थानीय सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, युवा क्लबका अध्यक्ष समेत रहेका शाह, वाईसियल बेलडाँडीका इन्चार्ज समेत भइसकेका थिए । बेलडाँडी गाँउपालिका १बाट शाह नेतृत्वमा माओवादी चुनावमा होमिने भएपछि युवा पुस्ता उत्साहित भएका छन ।

 

ताजा समाचार