Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीमाओवादीबाट निर्वाचन वडाध्यक्ष चौधरी एमालेमा प्रवेस हाम्रो पार्टीमा आएका चौधरीलाई पुन वडामा...

माओवादीबाट निर्वाचन वडाध्यक्ष चौधरी एमालेमा प्रवेस हाम्रो पार्टीमा आएका चौधरीलाई पुन वडामा टिकट दिन्छौँ ः एमाले कञ्चनपुर नि अध्यक्ष थापा

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र बेलौरी नगरपालिका ५ का वडाध्यक्ष साईतु कुमार चौधरी माओवादी परित्याग गर्दै एमालेमा प्रवेस गरेका छन । सोमबार एमाले सुप प्रदेश इन्चार्ज लेखराज भट्टले चौधरीलाई अत्तरिया आफ्नै निवासमा एमाले प्रवेस गराएका हुन ।
माओवादीबाट निर्वाचित वडाध्यक्ष चौधरीलाई पुन एमालेमा प्रवेस गरेपनि टिकट दिने एमाले कञ्चनपुरले जनाएको छ । एमाले कञ्चनपुरका निर्वतमान अध्यक्ष बिर बहादुर थापा (पातल)ले चौधरीलाई उचित जिम्मेबारी दिईने बताए । ‘हाम्रो पार्टीमा आएका चौधरीलाई पुन वडामा टिकट दिन्छौँ, ‘उनले भने, ‘आज स्वागत गरियो ।’ नेकपा हुँदादेखि चौधरी ओली खेमातिरै थिए । अहिले औपचारिक रुपमा मात्रै एमाले प्रवेस गरेको टिका लगाएका छन । कुनैदिन सुप प्रदेश इन्चार्ज भट्ट र वडाध्यक्ष चौधरी पुर्व माओवादीमै थिए । सयोगले पुर्व माओवादीहरु पाटी परित्याग गर्र्दै एमाले प्रवेस गर्ने, गराउने कार्य बिचित्र भएको नेताहरुको भनाई छ ।

ताजा समाचार