Tuesday, May 17, 2022
गृहपृष्ठआर्थिकमालपोत कार्यालय जनकपुरका कर्मचारी ५ लाख घुससहित पक्राउ

मालपोत कार्यालय जनकपुरका कर्मचारी ५ लाख घुससहित पक्राउ

मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको जनाएका छ। जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ।

 

ताजा समाचार