Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीएमाले बेलडाँडीबाट प्रमुख उप प्रमुखका लागि विद्यार्थी नेतादेखि जनप्रतिनिधी समेत आकाँक्षी

एमाले बेलडाँडीबाट प्रमुख उप प्रमुखका लागि विद्यार्थी नेतादेखि जनप्रतिनिधी समेत आकाँक्षी

बेलडाँडी,
आगामी स्थानीय तहको निर्वाचनका लागि बेलडाँडी एमालेबाट विद्यार्थी नेतादेखि जनप्रतिनिधी पुन देखिएका छन । एमाले बेलडाँडी गाँउकमिटीले आइतबार प्रमुख उप-प्रमुखका आँकाक्षीको नामावली सिफारिस गरेको छ ।
एमाले बेलडाँडीका युवा नेता एव कञ्चनपुरका विद्यार्थी नेता बिक्रम थापाले बेलडाँडीमा एमालेबाट विद्यार्थी नेतादेखि जनप्रतिनिधी पुन देखिएको बताए । नेता थापाका अनुसार प्रमुखमा विद्यार्थी नेता कमल रोकाया, ईन्द्र पौडेल, अक्कल बहादुर बिष्ट, पुर्व जनप्रतिनिधी समेत रहेका भीम बहादुर थापा, हालकै जनप्रतिनिधी कमलादेवी कार्की, धन बहादुर थापा(क्षेत्री), गणेश प्रशाद उपाध्याय, लक्ष्मण सिह भाट देखिएका छन ।

भने उप प्रमुखमा लक्ष्मी भट्ट, गणेश बहादुर विष्ट, फुलकुमारी राना, बसन्ती जोशी, देवकी बुढा देखिएका छन । उप प्रमुखमा भट्ट र विष्ट जनप्रतिनिधी हुन ।

ताजा समाचार