Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीगठवन्धनका कारण तनाव भएको भन्दै कञ्चनपुर क्षेत्र नं.१ का कांग्रेस सभापति मुडफ्रेसमा

गठवन्धनका कारण तनाव भएको भन्दै कञ्चनपुर क्षेत्र नं.१ का कांग्रेस सभापति मुडफ्रेसमा

पुनर्वास,
नेपाली कांग्रेसको माथील्लो निकायबाट गठवन्धन गरेर स्थानीय चुनावमा जाने भनेपछि कञ्चनपुर क्षेत्र नं.१ नेपाली कांग्रेस भित्र खैलाबैला भएको थियो । क्षेत्र नं.१ ले विज्ञप्ती समेत निकालेर कुनै पनि हालतमा तालमेन नर्गन नेतृत्वलाई दवाव दिन चारवटै स्थानीय तहले विज्ञप्ती निकालेका थिए ।

नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं.१ का सभापति गोपी प्रसाद उपाध्यायले आज आफ्नो फेसबुक स्टाटसमा गठबन्धनका कारण तनाव भएको जनाउदै तनाव कम गर्नका लागि धार्मिक कार्यमा सरिक भए लगत्तै पुनर्वास नगरपालिका वडा नं.९मा रहेको प्यारातालमा तनाव बिशर्जनका लागि नेपाली कांगेस जिल्ला उपसभापति हरिचन्द्र राना लगायतको टोलीका साथ मुडफ्रेसमा गएको फेसबुक स्टाटसले जनाएको छ ।

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् गठबन्धन को तनाव कम गर्न आज धार्मिककार्यमा सरिक भए लगत्तै पुनर्वास ९ प्यारातालमा नेपाली कांग्रेस कंचनपुर जिल्ला उपसभापति हरिचन्द्र राना ज्यु लगाएतका साथीहरू सित घुमघाम। जय नेपाल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आदेशकै खिल्लीहुने गरि आएको स्टाटसको नेता कार्यकर्ताले विरोध गरेका छन् । पार्टीका किलापुर्जा मानिने नेताकर्यकर्ताको यस्तो गैरजिम्मेवारी स्टाटसले कांग्रेस भित्र अराजकता ल्याउने भन्दै आलोचना हुन थालेको छ भने गठवन्धनका स्थानिय स्तरका दलहरुले आफुहरुलाई हेपेको जस्तो गरेको भन्दै आलोचना गरेका छन् ।

यस्तै नेपाली कांग्रेस सम्वद्ध प्रेस युनियनका नेता केशव सउदले गठवन्धनको पक्षमा स्टाटस लेखेका छन् । उनले डोटेली भाषामा यस्तो लेखेका छन् ः तालमेल भैगे घरखेत बेचिने हो भण्या जसरी उफड्डा छन् ।

ताजा समाचार