Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरका पालिकामा नेता कार्यकर्तालाई माओवादीको प्रशिक्षण एकढुक्क भएर चुनावमा खट्छौँ, पाटी जिताउने...

कञ्चनपुरका पालिकामा नेता कार्यकर्तालाई माओवादीको प्रशिक्षण एकढुक्क भएर चुनावमा खट्छौँ, पाटी जिताउने कार्यकर्ताको प्रतिबद्धता

कञ्चनपुर,
नेकपा माओवादी केन्द्रले कञ्चनपुरका पालिका स्तरका नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको छ । माओवादीले शुक्रबार एक साथ जिल्लाका ९वटै पालिकामा नेता कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिएको हो ।
माओवादी केन्द्र कञ्चनपुरका युवा नेता ओम विक्रम भाट(सरल)ले आगामी चुनाव लक्षित पालिका स्तरका नेता कार्यकर्तालाई प्रशिक्षण दिएको बताए । बेलडाँडी, बेलौरी, पुनर्वास,लालझाडी, कृष्णपुुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनी नगरपालिका स्तरका नेता कार्यकर्तालाई चुनाव केन्द्रीत राजनीतिक प्रशिक्षण दिर्दै चुनावी अभियानमा होमिन केन्द्रीय केन्द्रीय, महाधिवेशन आयोजक सदस्य एव शिर्ष नेताहरुले प्रशिक्षण दिएका छन ।
माओवादी केन्द्र पालिका स्तरका नेता कार्यकर्ताहरुले माओवादी केन्द्रमा जनलहर बढिरहेका बेला काँग्रेस गठबन्धन बिरुद्धमा गएका बेला माओवादी एक्लै वा समाजवादी सहितका दलहरुसंग समेत गठबन्धन गरेर चुनावी मैदानमा उत्रिनुपर्नेमा जोडदिएका छन । केन्द्रमा चुनावमा गठबन्धन गर्ने भनिएको छ, तर कञ्चनपुरमा केही पालिका स्तरमा काँग्रेस लाईन भन्दा बाहिर गएर अमुख नेता कार्यकर्ताले गठबन्धन होईन काँग्रेस एक्लै चुनाव लडन्का लागि कागजमा हजुवाको भरमा लेखेर समाजिक सञ्जालमा राख्ने गतिबिधीले काँग्रेसलाई नै क्षति हुने माओवादी नेताहरुको भनाई छ ।
पालिका स्तरमा प्रशिक्षण गर्दैै नेताहरुले चुनावी अभियानमा जुट्न आब्हान गर्दै पार्टीका एजेण्डा लिएर पालिका स्तरमा खट्नि निर्देशन दिएका छन । माओवादी सुप प्रदेशका इन्चार्ज खगराज भट्ट, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट, केन्दीय सदस्य लोकेन्द्र लम्साल, दिपा चौधरी, गोबिन्द विक, माओवादी नेता यज्ञ कडेल, राजेन्द्र प्रशाद जोशी सहितका नेताहरुले माओवादीकै संघर्षका कारण आएको स्थानीय सरकारको अवधारणा उपलब्धी बारे पालिका स्तरका जनतालाई स्पष्ट बुझाउन समेत आब्हान गरेका छन । पार्टीले जनपक्षीय र राष्ट्रियताका पक्षमा गरेका काम र उपलब्धी बारे स्पष्ट बुझाउनका लागि समेत आब्हान गरेका हुन । माओवादी केन्द्रले २५ चैत्रमा एकसाथ सबै पालिकामा प्रशिक्षण गरेर २७मा जिल्लाका सबै पालिकामा प्रशिक्षण गरिने बताए । प्रशिक्षणका साथै माओवादी केन्द्र कञ्चनपुर एक साथ चुनावी अभियानमा समेत खटिएको छ ।

ताजा समाचार