Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा चुनावी माहोल तात्यो, गठवन्धनका कारण भाग कम पाइने भएपछि कांग्रेस भित्र...

बेलडाँडीमा चुनावी माहोल तात्यो, गठवन्धनका कारण भाग कम पाइने भएपछि कांग्रेस भित्र रुवावासी

बेलडाँडी,
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै बेलडाँडीमा चुनावी माहोल तातेको छ ।

चुनावी माहोल आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले यतिखेर बैठक, भेटघाट र संगठन विस्तारजस्ता कार्यक्रम गरिरहेका छन् ।

गाउँपालिका भित्रका चोक, चौतारा र चियापसलमा निर्वाचनकै बारेमा कुराकानी हुने गरेको पाइन्छ । मतदाता पनि हाम्राभन्दा राम्रा, स्वच्छ छवि भएका, इमान्दार र विकासप्रेमी उम्मेदवारलाई मत दिने मनस्थितिमा रहेको पाइन्छ ।

गाउँपालिकाका सबै राजनीतिक दलले आ–आफना पार्टीका आकांक्षीको नाम संकलन गरेर गाउँकमिटी, जिल्ला कमिटीमा सिफारिस गर्ने कार्यमा जुटेका छन्। नेपाली काँग्रेस, नेकप एमाले, नेकपा माओवादी केन्द्र, समाजवादी, राप्रपा, लगायतका पार्टीहरुले वडा देखि गाउँपालिका अध्यक्ष सम्मकाहरुको नाम टुङ्ग्याउने तरखरमा छन् ।

बेलडाँडीमा गाउँपालिका अध्यक्षका लागि काँग्रेसबाट जनक सिह धामी, हरिश चन्द्र राना, चन्द्र बहादुर सिंह, हर्कदेव जोशी, कृष्णा गिरी लगायतले इच्छा राखेका छन् । एमालेबाट धन बहादुर थापा क्षेत्री, कमला कार्की, अक्कल बहादुर बिष्ट, गणेश उपाध्याय, भीम बहादुर थापा लक्ष्मण भाट लगायतले इच्छा राखेको देखिन्छ । यस्तै माओवादी केन्द्रबाट इश्वरी प्रसाद भट्ट र कृष्ण गिरीले इच्छा राखेका छन् । यस्तै समाजवादीबाट अम्मर खत्री, गगन थापा लगायत देखिएका छन् । जनर्मोचाबाट अभिमान थापा रहेका छन् भने अन्यदलहरुमा उम्मेदावर छान्न कुनै समस्या नभएको देखिन्छ ।

तर गठबन्धनमा रहेका दलहरु कांग्रेस बाहेक अन्य दल आदेशको पर्खाइमा छन् भने स्थानीय स्तरको कांग्रेस कुनै तालमेल नर्गनमा पुगेको देखिन्छ । कांग्रेस भित्रका केहि ब्यक्तीहरुको गठबन्धनका कारण भाग नपुग्ने देखे पछि तालमेल गर्नमा मञ्जुर देखिएका छैन्न । तर कांग्रेस माथिल्लो तहका नेताहरुले तालमेल गरेर जाने भनेपछि तल रुवावासी चलेको छ ।

पाचँ वडामा सिमित रहेको बेलडाँडी गाउँपालिकामा कुल मतदाता १४७३७ रहेका छन् भने ८ वटा मतदान स्थलमा १८ वटा मतदान केन्द्र रहेका छन् । बेलडाँडीमा मतदाता नामावलीमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । पुरुष मतदाता ७१९९ रहेका छन् भने महिला ७५३८ रहेका छन् ।

 

 

 

ताजा समाचार