Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीलालझाडीमा जमिन नापजाँच शुरु ‘गाँउका सबै जनता अब जमिनका मालिक ः प्रमुख...

लालझाडीमा जमिन नापजाँच शुरु ‘गाँउका सबै जनता अब जमिनका मालिक ः प्रमुख बडायक

पहिलाद राना/कञ्चनपुर,
कञ्चनपुरको लालझाडी गाँउपालिकामा जमिन नापजाँच शुरु गरिएको छ ।

भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिनका लागि लालझाडीमा जमिन नापजाँच शुरु गरिएको हो । बिहीबार लालझाडी गाँउपालिका ६ नम्बर वडादेखि जमिन नापजाँच शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।

लालझाडी गाँउपालिका ६का वडाध्यक्ष फुलाराम चौधरीले एक कार्यक्रमका विच भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बासोबासीलाई जमिन दिनका लागि नापजाँच शुरु गरिएको बताए ।

जमिन नापजाँचको शुभारम्भ गर्दै लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकले गाँउका सबै जनता जमिनको मालिक बनाईने बताए । ‘अब कोहीपनि लालझाडीका जनता भूमिहिन हुने छैनन, ‘गाँउ प्रमुख बडायकले भने, ‘भूमिहिन दलित र सुकुमबासीलाई जमिन र अव्यवस्थित बसोबासी जनतालाई लालपुर्जा दिलाउँछौँ ।’

सबै प्रकृतिका भूमिहिन समस्या भएका जनतालाई जमिनको स्वामित्व हस्तान्तरण गराउने प्रमुख बडायकले बताए । ‘हामीले चुनावका बेलामा पनि सबै जनतालाई जमिन दिने चुनावी एजेण्डा थियो, ‘उनले भने, ‘त्यही स्प्रीड अनुरुप हामीले काम अघि बढाएका छौँ ।’ राष्ट्रिय भूमि आयोग र गाँउपालिकाले लालझाडीमा झण्डै ४ हजार परिवार लाभान्वित हुनेछन ।

६ नम्बर वडादेखि नापजाँच शुरु गरेर सबै वडाहरुमा जमिन नापजाँच गरेर अघि बढ्ने प्रमुख बडायकले बताए । नापजाँच कार्यक्रममा लालझाडी ६ का वडाध्यक्ष फुलाराम चौधरी, उप प्रमुख सत्यादेवी महरा, प्रमुख मदनसेन बडायक, राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य राज कुमार चौधरी , प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिह रावल सहितका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज राजनीतिक दलको सहभागिता रहेको थियो ।

ताजा समाचार