Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबैशाख १५ भित्र बेलडाँडीमा निस्सा वितरण गरिसक्ने सेवा केन्द्रको तयारी

बैशाख १५ भित्र बेलडाँडीमा निस्सा वितरण गरिसक्ने सेवा केन्द्रको तयारी

बेलडाँडी,

भूमि सम्बन्धी समस्या समाधानका लागि बेलडाँडी गाउँपालिकाले आफ्नो कार्यलाई तीव्रता दिएको छ । राष्ट्रिय भूमि आयोगसँग दोस्रो चरणमा माघ २० गते कार्यगत सम्झौता गरेर पालिकाले लगत प्रविष्टिको कार्यलाई तिब्रता दिदै बैशाख १५ गते भित्र हातहातमा निस्सा वितरण गरिसक्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र बेलडाँडीको तयारी रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले कञ्चनपुरको दक्षिणी क्षेत्रमा लाइन मर्मतका लागि दुई महिना बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत् लाइन काट्ने गरेकोले नियमित विद्युत् आपूर्ति नहुनु र सर्भर इन्टरनेटको समस्याले लगत प्रविष्टिको कार्यमा ढिला भएको सेवा केन्द्र प्रमुख हेमराज रेग्मी जोशीले जानकारी दिनुभयो ।

वहाँका अनुसार बेलडाँडीमा कुल फारम ४ हजार ७ सय ३८ मध्येआज सम्म ३ हजार ६ सय ३७ लगत प्रविष्टि गरिएको जनाए । आयोगको नयाँ सूचना अनुसार भुमिहीनका लागि ४ सय र अव्यवस्थित बसोवासीका लागि ६ सय नयाँ फारमहरु छापिएको बताउदै नयाँ फारम भर्नको लागि सबै वडामा पठाएको जनाए ।

ताजा समाचार