Tuesday, August 16, 2022
गृहपृष्ठखेलकुदबेलडाँडीको सिहपाल युवा क्लबलाई खेलकुद पोशाक लगायत आर्थिक सहयोग

बेलडाँडीको सिहपाल युवा क्लबलाई खेलकुद पोशाक लगायत आर्थिक सहयोग

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको सिहपाल युवा क्लबलाई बेलडाँडीका समाजसेवी, निर्माण कम्पनी र स्थानीय नेताहरुले आर्थिक सहयोगका साथै खेलकुद ड्रेस सहयोग गरेका छन् ।

क्बका अध्यक्ष गजेन्द्र थापाका अनुसार खैरीघाटमा भइरहेको क्रिकेटलाई लक्षित गरेर बेलडाँडी २ बस्ने युवा समाजसेवी नविन थापाले खेलकुद जर्सी १२ थान, जय जगदनाथ निर्माण सेवाका बेलडाँडी मदन खत्रीको टिमले ३५ सय नगद र बेलडाँडीका युवा नेता बिष्णुराम उपाध्यायले २ हजार सहयोग गरेको बताए ।

खेलाडीहरुको हौसला बढाउनका लागि सहयोग गरिएको जनाए । उक्त समान बुझ्दै क्लबका अध्यक्ष थापाले धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत खेलाडीहरुलाई सहयोग पुग्ने विश्वास प्रकट गरे ।

ताजा समाचार