Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीसुजुकीको ह्यापी न्यू कार योजना

सुजुकीको ह्यापी न्यू कार योजना

कञ्चनपुर,

नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष ०७९ को अवसरमा ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना ल्याएको छ ।
सुजुकीको कञ्चनपुर महेन्द्रनगरको आधिकारिक खप्तड मोटर्स प्रालिले नयाँ वर्ष ०७९ को अवसरमा ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना ल्याएको हो । खप्तड मार्टस प्रालिका प्रबन्ध निर्देशक दिवाकर भट्टले कम्पनीले आगामी बर्षदेखि सुजुकीको ह्यापी न्यू कार योजना ल्याएको बताए । उनका अनुसार उक्त योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार सम्म अतिरिक्त छुट पाउने छन । नेपाली बजारमा हाल सुजुकीका एस्प्रेसो, वागनआर, सेलेरियो, इग्निस, स्विफ्ट, डिजायर, बलेनो, सियाज, इको, इको कार्गो, भिटारा ब्रेजा, अर्टिगा र एसक्रस उपलब्ध छन । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुने कम्पनीले बताएको छ । त्यसैगरी यो योजना सीमित अवधिका लागि मात्र लागू हुने छ । उक्त योजनाको लाभ लिन ग्राहक वर्गहरुमा आब्हान गरिएको छ ।

ताजा समाचार