Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी १ मा एमाले पाटी कार्यालय उद्घाटन

बेलडाँडी १ मा एमाले पाटी कार्यालय उद्घाटन

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको बेलडाँडी गाँउपालिका १नक्बर वडा कार्यालय उद्घाटन गरेको छ । एमाले बेलडाँडीका युवा नेता शंकर भट्टले आगामी स्थानीय तहको चुनाव लक्षित गरेर एमाले बेलडाँडी गाँउपालिका १ नम्बर वडा कार्यालयको उद्घाटन गरिएको बताए ।

एमाले बेलडाँडीका युवा नेता एव एस अघि १बाट निर्वाचित जनप्रतिनिधी समेत रहेका भट्टले एमाले प्रदेश कमिटि सदस्य खेम सुवेदीको प्रमुख आथित्यमा वडा कार्यालय उद्घाटन गरिएको बताए । वडा कार्यालय उद्घाटन गर्दै नेता सुवेदीले एमालेको पक्षमा विगतमा पनि जनलहर रहेको र अहिले पनि जनलहर देखिएकाले चुनावमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमाले बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष कमल डडालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एमाले नेता सुवेदीको प्रमुख आथित्यमा भएको कार्यक्रममा एमाले बेलडाँडी इन्चार्ज गणेश उपाध्याय, जिल्ला सदस्य लक्ष्मी भट्ट,कमल रोकाया, धन ब. थापा, कमला कार्की सहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

ताजा समाचार